अमेरिकाको उपलब्धीः ४५ मिनेटमै पत्ता लाग्न सक्छ कोरोना



Download our app to get more features

अमेरिका, ९ चैत । विश्वव्यापी महामारी बनेको नोवेल कोरोना भाइरसको विषयमा अमेरिकाले नयाँ उपलब्धी हासिल गरेको छ । 

विश्वलाई आफ्नो चपेटामा लिइसकेको अवस्थामा अमेरिकाले कोरोना भाइरस अब ४५ मिनेटमै पत्ता लगाउन सक्ने जनाएको छ ।

निकै नै तीव्र गतिमा फैलिँदै गएको भाइरस अहिलेसम्म २ देखि ३ दिनमा पत्ता लाग्थ्यो भने अब ४५ मिनेटमै पत्ता लगाउन सकिने भएको छ । अमेरिकाको खाद्य तथा औषधि व्यवस्था विभाग (एफडीए) ले यो कुराको पुष्टि गरेको छ । 

विभागले मात्र ४५ मिनेटमा कोरोना भाइरस डाइग्नोस्टिक परीक्षणका लागि स्विकृति दिइसकेको छ । यसले आशंका लागेका व्यक्तिलाई कोरोना भाइरसको संक्रमण भए नभएको ४५ मिनेटमा नै पत्ता लाग्न सक्छ ।

क्यालिफोर्नियाको आणविक डाइग्नोस्टिक्स कम्पनी सेफेडले शनिवार परीक्षणका लागि  लिए एफडीएको तर्फबाट स्विीकृति पाएको थियो । अहिलेलाई यसको प्रयोग अस्पताल र आपातकालीन सेवाकालागि गरिनेछ । कम्पनीले आउने साता यो विधिका लागि अन्य मुलुकमा पठाउने छ ।

एफडीएले यस विषयमा आफ्नो बयान पनि जारी गर्दै विधिलाई स्विकृति दिइएको बताएको छ । कम्पनीले ३० मार्चसम्म आफ्नो जाँचको उपलब्धतालाई लागू गर्ने तयारी गरेको बयानमा उल्लेख छ ।

वर्तमान परीक्षण सरकारी आदेशका अनुसार हुने र नमूनालाई एक केन्द्रीकृत प्रयोगशालामा पठाइने विषयमा सुनिश्चितता भइसकेको छ । जहाँ यसको रिपोर्ट सार्वजनिक गरिनेछ । 


यो विधिको प्रयोगपछि बिरामी तत्काल पत्ता लगाउन सहज हुनेछ भने समयको बचत हुँदा संक्रमण फैलन नदिनमा पनि भूमिका निर्वाह गर्न सकिनेछ ।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts