कोरोना भाइरसको जोखिमलाई कम गर्न आजबाट भारत पूर्ण लकडाउन

तेलगंनामा नियम उल्लघंन गर्नेलाई गोली हान्ने आदेश



Download our app to get more features

भारत, १२ चैत । नोवेल कोरोना भाइरसको संक्रमण बढदै गएपछि भारत पूर्ण लकडाउन गरिएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार देशवासीका नाममा सम्बोधन गर्दै २१ दिनकालागि देशव्यापी लकडाउन गरिएको घोषणा गरे । मंगलबार मध्यराति १२ बजेदेखि नै लकडाउन लागू भएको छ ।

सम्बोधनको क्रममा प्रधानमन्त्री मोदीले जनता कर्फयूभन्दा एक कदम अघि बढ्दै यो घोषणा गरेको बताए । उनले देशमा कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले सावधानी अपनाउँदै पूरै देशका लागि लक डाउन गरिएको भन्दै जो जहाँ हुनुहुन्छ त्यहि बस्नपनि आग्रह गरे ।

प्रधानमन्त्रीले मोदीले सामाजीक दूरी बनाउँदै कसैसँगपनि सम्पर्कमा नजान पनि आग्रह गर्दै यदि सरकारको यो आदेश नमानेर घर बाहिर निस्किएमा त्यसको नतिजा नराम्रो हुन सक्ने भन्दै सचेत पनि गराए । 

उनले यदि अबको २१ दिनमापनि यो भाइरसले अवस्था सामान्य भएन भने समयवाधि थप हुन सक्ने पनि स्पष्ट पारे । 
  
भारतमा अहिलेसम्म भाइरसका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ भने संक्रमित हुनेको संख्या ५ सय ५७ पुगेको छ । 

यसैबीच भारतको तेलगंना राज्यमा लकडाउनको नियम उल्लघंन गर्नेलाई गोली हान्ने आदेशसम्म दिन सक्ने भन्दै सबैलाई घरमै बस्न चेतावनि दिइएको छ ।

राज्यका मुख्यमन्त्री चन्द्रशेखर रावले मुलुकमा दोस्रो चरणको कफर््यू लागू गरिएको बेला घरभित्रै बस्न भन्दै नियम उल्लघंन गर्नेलाई गोली हान्न सक्ने चेतावनि दिएका हुन् ।

 

(भारतीय सञ्चारमाध्यमहरुले लेखेको खबरमा आधारित)

Last modified on 2020-03-25 07:58:15


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts