कोरोना संक्रमणः इटाली र स्पेनको अवस्था डरलाग्दो, भारतमा सङ्क्रमितको सङ्ख्या ६ सय नाघ्यो



Download our app to get more features

एजेन्सी, १३ चैत । कोरोना भाइरसको सङ्क्रमण शुरु चीनको हुबेई प्रान्तको उहान शहरबाट भएको थियो । 

चीनमा कैयौं दिनसम्म एकै दिन एक सय जनाभन्दा बढीको मृत्यु भएको थियो । एकाएक चीनमा यस्तो भयावह स्थितिबाट विस्तारै नियन्त्रण तर्फ आईरहेको छ । चीनमा कोरोना भाइरसबाट ज्यान गुमाउने र सङ्क्रमितको सङ्ख्या निकै कम हुँदै गएको छ । 

चीनमा हाल कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या तीन हजार २ सय ८७ पुगेको छ । यसैगरी यस रोगबाट चीनमा ८१ हजार २ सय ८५ जना सङ्क्रमित रहेका छन् । 

कोरोना भाइरसका कारण अत्यन्त प्रभावित इटालीमा यस रोगको सङ्क्रमणका कारण सात हजार पाँच  सय तीन जनाको मृत्यु भएको छ । हाल ७४ हजार तीन ८६ जना सङक्रमित रहेका छन् । 

स्पेनमा खासगरी राजधानी म्याड्रिड सबैभन्दा बढी प्रभावित भएको छ भने उत्तरपूर्वी क्याटलोनियामा पनि तीव्र गतिमा सङ्क्रमण बढिरहेको जनाइएको छ । स्पेनमा पनि लकडाउन गरिएको छ । केवल अत्यावश्यक सामान किनमेल गर्न वा कामका लागि निस्कन पाउँछन् । स्पेनका सांसदहरूले देशमा लगाइएको आपतकालीन स्थितिलाई थप दुई साताले बढाएर अप्रिल ११ सम्म पुर्याउन मतदान गरिने भएको छ । 

यस भाइरसबाट स्पेनमा एक दिनमा थप ७ सय ३८ को मृत्यु भएपछि यस कोभिड–१९ बाट ज्यान गुमाउनेको सङ्ख्या तीन हजार ६ सय ४७ पुगेको हो ।  

विश्वभरिको हालसम्म चार लाख ७१ हजार ८ सय २ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् । कोभिड–१९ बाट २१ हजार २ सय ९७ ले ज्यान गुमाएका छन् । तर एक लाख दश हजार भने उपचारपछि निको भएर फर्किएका छन् ।

भारतभरि कोरोना भाइरस सङ्क्रमितहरूको सङ्ख्या ६ सय ७० नाघेको छ । भारतमा बिहीबारसम्म कोभिड–१९ बाट १६ जनाले ज्यान गुमाएका छन् । सङ्क्रमणको सङ्ख्या बढ्दै गएपछि त्यहाँ देशभरि लकडाउन गरिएको छ । कोभिड–१९ को सङ्क्रमण रोक्न प्रधानमन्त्री नरेन्द्र मोदीले त्यहाँ २१ दिनको लकडाउन घोषणा गरेका छन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts