कोभिड-१९ को उपचारमा खटिने स्वास्थ्यकर्मीलाई भारत सरकारको ५० लाखको बीमा



Download our app to get more features

भारत, १३ चैत । भारत सरकारले कोरोना भाइरसको उपचारमा खटिने स्वास्थ्यकर्मीका लागि ५० लाखको बीमा गरिदिने भएको छ । 

भारतीय अर्थमन्त्री निर्मला सीतारमणले बिहीबार आयोजित पत्रकार सम्मेलनमा नोवेल कोरोना भाइरसको उपचारमा खटिने स्वास्थ्यकर्मी र अन्य कर्मचारीका लागि ५० लाखको बीमा गरिदिने भन्दै यसबाट २० लाख कर्मचारी लाभान्वित हुने बताइन् ।

यस्तै भारत सरकारले ८० करोड गरिब नागरिकलाई ३ महिनासम्म निःशुल्क खाद्यान्न उपलब्ध गराउने भएको छ ।

अर्थमन्त्री सीतारमणले नोेवेल कोरोना भाइरसको महामारीलाई रोकथाम र नियन्त्रणका लागि गरिएको लकडाउनलाई ध्यानमा राखि मुलुकका ८० करोड गरिब नागरिकलाई ३ महिनासम्म निःशुल्क चामल, दाल, नून र पिठो उपलब्ध गराउने घोषणा गरेकी हुन् । साथै गरिब महिलाहरुलाई एक वटा सिलिन्डर पनि निःशुल्क दिने घोषणा गरिएको छ ।  

पत्रकार सम्मेलनमा अर्थमन्त्री सीतारमणले एक करोड ७० लाखको बीमा प्याकेजको घोषणा गर्दै गरिबका लागि खानाको व्यवस्था गर्ने र डीबिटीको माध्यमबाट पैसापनि ट्रान्सफर गर्ने बताइन् । उनले प्रवासी मजदुर र सहरी ग्रामिण गरिबलाई तुरुन्त आवश्यकता लागि प्याकेज तयार गरिएको भन्दै कोहिपनि भोकै रहन नपाउने उल्लेख गरिन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts