चीनलाई उछिन्दै कोभिड–१९ बाट सबैभन्दा धेरै संक्रमित हुने देश बन्याे अमेरिका



Download our app to get more features

काठमाडौं, १४ चैत । विश्वव्यापी महामारी बनेको कोभिड–१९ का कारण अमेरिकामा संक्रमित हुनेको संख्या बढ्दो क्रममा छ ।

एसियाली मुलुकहुँदै युरोप र अहिले संयुक्त राज्य अमेरिकालाई कोभिड–१९ ले आफ्नो चपेटमा लिन थालेको छ । भाइरसका कारण अमेरिकामा सबैभन्दा बढी अहिलेसम्म ८२ हजार चार सय पुगेको छ । चीनमा कुल सङ्क्रमितको सङ्ख्या ८२ हजारभन्दा कम छ भने इटलीमा ८० हजार छ । भाइरसका कारण अमेरिकामा अहिलेसम्म एक हजारको मृत्यु भएको छ । 

जन हप्किन्स विश्वविद्यालयका अनुसार भाएरसका कारण विश्वभरका झन्डै ५ लाख २६ हजार नागरिक संक्रमित भएका छन् भने एक लाख २२ हजार स्वस्थ भएर घर फर्केका छन् । यस्तै भाइरसका कारण संसारभर मृत्यु हुनेको संख्या २४ हजारभन्दा बढी पुगेको छ । 

Last modified on 2020-03-27 08:43:25


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts