बेलायतका प्रधानमन्त्री जोनसोनमा कोरोना पोजेटिभ



Download our app to get more features

बेलायत, १४ चैत । बेलायतका प्रधानमन्त्री बोरिस जोनसोनमा कोरोना भाइरस पोेजेटिभ पाईएको छ ।

आफूमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनले कोरोना परीक्षण गराएको र कोरोना पोजेटिभ देखिएको उनले आफ्नो व्यक्तिगत ट्वीटरमार्फत जनाएका छन् ।

कोरोना पोजेटिभ देखिएपछि उनी अहिले उपचारमा छन् ।

 

प्रधानमन्त्री जोनसोनले आफू संक्रमित भएपनि भिडियो कन्फ्रेन्सबाट नै सरकार चलाउने बताएका छन् ।

उनको जाँच डाउनिङ्ग स्ट्रीटमै राष्ट्रिय स्वास्थ्य सेवा एनएचएसका कर्मचारीहरूले गरेका थिए ।

ब्रिटेनभरि ११ हजार ६ सय जनाभन्दा बढी कोरोनाभाइरसका घटना पुष्टि भएकामा हालसम्म ५७८ जनाले ज्यान गुमाएका छन् ।

यसअघि बेलायतका राजकुमार चार्ल्समा पनि कोभिड–१९ पोजेटिभ भएको पाइएको छ । राजकुमार चार्ल्सको स्वाब परीक्षणबाट उनमा कोरोना पोजेटिभ देखिएको हो । उनको उपचार भइरहेको छ ।

 

Last modified on 2020-03-27 17:49:55


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts