कोभिड-१९ अपडेट

इटलीमा एकै दिन ९ सयभन्दा बढीको मृत्यु, अमेरिकामा संक्रमित हुनेको संख्या एक लाख नाघ्यो



Download our app to get more features

काठमाडौं, १५ चैत । नोवेल कोरोना भाइरसका कारण अमेरिकामा संक्रमित हुनेको संख्या एक लाखभन्दा माथि पुगेको छ । 

अमेरिकाको जोन हपकिन्स विश्वविद्यालयका अनुसार अमेरिकामा मात्रै संक्रमितको संख्या एक लाख ४ हजार पुगेको छ । पछिल्लो समय संयुक्त राज्य अमेरिकालाई केन्द्र बिन्दु बनाउँदै कोरोना भाइरसले मानिसहरुलाई आफ्नो चपेटमा लिन थालेको छ । अमेरिकाले संक्रमित हुने दरमा चीन, इटली र स्पेनभन्दा माथि पुगेको छ ।

यसैबीच अमेरिकी सरकारले भाइरसको गति हेर्दै सय दिनमा एक हजार भेन्टिलेटर  जडान गर्ने भएको छ । संक्रमणबाट खतरा बढ्दै गएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सो निर्देशन दिएका हुन् ।

अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १४ सय पुगेको छ ।  

यस्तै इटलीमा फेरि एकै दिन मृत्यु हुनेको दर झन्डै एक हजारको हाराहारीमा पुगेको छ । शुक्रबार मात्रै इलटीमा एकै दिन ९ सय १९ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । योसँगै इटलीमा भाइरसका कारण मृत्यु हुनेको संख्या दश हजारको हाराहारीमा अर्थात् ९ हजार १ सय ३४ पुगेको छ । 

भाइरसका कारण सबैभन्दा बढी प्रभावित बनेको इटलीमा मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने बनाइएको छ । 

इटलीपछि युरोपिय मुलुक स्पेनमा मृत्यु हुनेको दर बढ्दो छ । स्पेनमा पछिल्लो २४ घन्टामा भाइरसका कारण ७ सय ६९ जनाको मृत्यु भएको छ । यो सँगै स्पेनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ५ हजार पुगेको छ ।

डीसेम्बर अन्तिममा सुरु भएको नोवेल कोरोना भाइरसका कारण शुक्रवारसम्म विश्वभरि मृत्यु हुनेको संख्या २७ हजारभन्दा बढी पुगेको छ भने संक्रमित हुनेको संख्या झन्डै ६ लाखको हाराहारीमा पुगेको छ । यस्तै भाइरसबाट पीडित एक लाख ३३ हजार नागरिक स्वस्थ भएर घर फर्केका छन् । 

Last modified on 2020-03-28 07:58:19


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts