क्षयरोग विरुद्धको बिसीजी खोपले कोरोनाभाइरस रोकथाम गर्नसक्ने, ४ हजार व्यक्तिमा परीक्षण हुँदै



Download our app to get more features

एजेन्सी । बालबालिका जन्मिने बित्तिकै क्षयरोग विरुद्ध दिइने बिसीजी खोप कोरोनाभाइरस रोकथाममामा प्रभावकारी हुनसक्ने एक अध्ययनले दावी गरेको छ ।

मेडआरएक्सआइभी नामक जर्नलमा मार्च २४ मा प्रकाशित एक आलेखमा बालबालिकाहरुलाई बिसिजी खोप लगाईने देशहरुमा कोरोनाभाइरसको संक्रमण नलगाईने देशहरु भन्दा कम मात्रामा देखिएको र यो खोप कोभिड-१९को रोकथाममा उपयुक्त हुनसक्ने दावी गरिएको हो ।

बिसीजी खोप राष्ट्रिय खोप तालिकामा नभएका देशहरु जस्तै अमेरिका, इटाली, नेदरल्यान्ड र पछिल्लो समय बल्ल खोप सुरु गरिएको इरानमा यो रोगबाट मृत्युु हुनेको संख्या धेरै रहेको तर लामो समयदेखि बिसीजी खोपको प्रयोग रहेको मुलुकहरूमा यो रोग कम मात्रामा देखिएको अध्ययनमा उल्लेख गरिएको छ ।

बिसीजी खोप लगाइने देशहरुमा कोरोनाभाइरसको संक्रमण र मृत्युदर कम हुनुले यो खोप कोभिड १९ विरुद्धको लडाइँमा नयाँ अस्त्र हुनसक्ने अध्ययनमा भनिएको छ ।

यसै तथ्यलाई आधार मानेर अस्ट्रेलियामा ४हजार स्वास्थ्यकर्मीहरुलाई बिसीजी खोप लगाएर कोरोना रोकथाममा यो कति प्रभावकारी छ भन्ने परीक्षण सुरु गरिएको छ । ब्रेस ट्रायलू नाम दिइएको यो अध्ययन अस्ट्रेलियाभरका स्वास्थ्यकर्मीमा गरिने छ ।

बिसीजी खोपको प्रभाकारितामा यसले थप उजागर गर्ने र आफ्नो अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मीहरुको सुरक्षा गर्ने आशा गरिएको मुर्डोक चिल्ड्रेन रिसर्च ईन्स्टिच्युटका निर्देशक काथ्रीन नर्थले बताएका छन् । साथै बिसीजी खोप छालामा आउने मुसाहरु पनि प्रभावकारी रहेको केही अध्ययनहरुले देखाएका छन र कतिपय ठाउँहरुमा प्रयोग पनि हुँदै आएको छ। छालाको मुसा पनि ह्युमन प्यापिलोमा भाइरस नामको एक भाइरसले नै गराउने हुनाले यसले भाइरस विरुद्ध पनि काम गर्ने सोधकर्ताहरुले बताएका छन् ।

नेपालमा पनि मुसा हटाउन बिसिजी भ्याक्सिन प्रयोग गरिने काठमाडौं विश्वविद्यालयकी छालारोग विशेषज्ञ डा. स्मृति श्रेष्ठ बताउँछिन् । बिसीजी खोप क्षयरोग रोकथामको निम्ति शिशु जन्मनेबित्तिकै दिइन्छ । यसमा क्षयरोग गराउने जीवाणुलाई कमजोर गराइएको हुन्छ जसले हाम्रो शरीरमा क्षयरोग विरुद्द प्रतिरक्षा प्रणाली सक्रिय गराउँछ ।

यो खोप जापान, चीन लगायत दक्षिण एसियाको नेपाल भारत र केही अफ्रिकी देशहरुमा राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत सबै बालबालिकाहरुमा दिँदै आइएको छ । यो खोपको कोरोनाभाइरस विरुद्द प्रभावकारिता पुष्टि भने अध्ययनहरुको नतिजा आएपछि थप प्रष्ट होला ।

Last modified on 2020-03-31 16:53:32


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts