वयोधा अस्पतालमा 'फिभर क्लिनिक' सञ्चालनमा



Download our app to get more features

काठमाडौं, १८ चैत । राजधानीको बल्खुस्थित वयोधा अस्पतालले फिभर क्लिनिक सञ्चालनमा ल्याएको छ ।

विश्वव्यापी महामारी बनेको कोरोना संक्रमण र जोखिमलाई ध्यानमा राखी अस्पतालले फिभर क्लीनीक सञ्चालनमा ल्याएको हो ।

ज्वरो आएका बिरामीहरुको उपचार अनि परामर्शका लागि सञ्चालन गरिएको क्लिनिकमा बिरामीहरुले अस्पताल आउनुपूर्व फोन गरेर आफूलाई भएको समस्याबारे पूर्व जानकारी गराई चिकित्सकको समय लिनु पर्ने व्यवस्था छ ।

डाक्टरको समय पाइसकेपछि अस्पताल पुुग्दा बिरामीले साबुन पानीले हात धुनुपर्ने र एक्लै आउन सक्ने बिरामीलाई अन्य साथी नल्याउन पनि आग्रह गरिएको छ । अस्पतालमा भएका अन्य बिरामीहरुको स्वास्थ सुरक्षार्थ वयोधा अस्पतालले बिना पूर्व जानकारी आएका बिरामीहरुलाई भने ओपीडि सेवा नदिने जानकारी गराएको छ ।

अस्पतालमा चिकित्सक अभाव अनि समय नपाएर ज्वरो आएर बसेका, अन्य संक्रमणको पनि त्रासमा रहेका सबैलाई वयोधा अस्पतालमा फोन गरेर समय लिन आग्रह समेत गरिएको छ ।

Last modified on 2020-03-31 17:09:47


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts