चीनियाँ वैज्ञानिकको दावीः अबको ४ हप्तापछि कोरोना शून्यतिर झर्छ



Download our app to get more features

चीन, २० चैत । चीनका वैज्ञानिकले अबको ४ हप्तामा कोरोना भाइरसको संक्रमण दर शून्यतिर झर्ने दावी गरेका छन् ।

चीनका वरिष्ठ वैज्ञानिक डा. झाङ्ग न्यानसेनले कोरोना भाइरसलाई लिएर विश्वमा देखिएको संक्रमणको दर आउने ४ हप्तामा शून्यतिर झर्ने बताए ।

चीन सरकारले कोरोना भाइरसलाई लिएर बनाएको विशेष टिमका प्रमुख ८३ वर्षीय डा. झाङ्गले चीनमा पनि अब कोरोना भाइरसले कुनै प्रभाव नपार्ने बताए । उनले भने, ‘भाइरसलाई लिएर गरिएको विभिन्न अध्ययन र अनुसन्धानले भाइरसले अझै केहिदिन प्रभाव पार्ने भएपनि ४ हप्तापछि यसको प्रभाव कम हुँदै जानेछ । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यम डेली मेल र रोयटर्सका अनुसार डा. झाङ्गले कोरोना भाइरससँग लड्नका लागि दुई वटा तरिका रहेको र त्यसको पालना गरेमा मात्रै कोरोनासँग जित्न सकिने उल्लेख गरे ।

उनले भने, कोरोनासँग जित्नकालागि सबैभन्दा पहिले संक्रमणको दरलाई निकै न्यून बनाउन र त्यसलाई रोक्नु आवश्यक छ । यदि हामीले यो काम गर्न सक्यौं भने यसको खोप वा औषधिको बारेमा पत्ता लगाउन र रोगलाई समाप्त गर्न सफल हुन्छौं ।’
 
डा. झाङ्गका अनुसार भाइरससँग जित्ने अर्को तरिकामा संक्रमण हुने दरको गतिलाई  ढिलो बनाउने साथै आफ्ना बिरामीका संख्यालाई छुट्टा छुट्टै तरिकाले कम गर्न सकिनेछ । 

धेरैजसो देशले कोरोनालाई लिएर कडा कदम चालेकोमा खुशी व्यक्त गर्दै उनले यदि यसरी नै सबै सचेत हुने हो भने अब आउने ४ हप्तामा कोरोनासँग जित्न सकिने विश्वास व्यक्ति गरे ।
 
डा.झाङ्गले संसारमा जुन कुरा फैलाइँदैछ की चीनसँग अहिलेपनि लाखौं कोरोनाका बिरामी छन् त्यो सबै गलत रहेको स्पष्ट पारे । चीनमा भेटिने र भेटिएका सबै कोरोना संक्रमितलाई अस्पतालमा भर्ना गरिसकिएको र जसमा कोरोनाको लक्षण छ तर देखिएको छैन भने त्यसलाई एसिम्प्टोम्याटिक केस भनिएको पनि उनले बताए । 

एसिम्प्टोम्याटिक केसबाट संक्रमण बढ्ने खतरा चीनमा धेरै छैन । किनकी अहिलेसम्म यसको कुनै ठोस प्रमाण फेला परेको छैन । डा. झाङ्ग भन्छन्, ‘जो बिरामी यसबाट स्वस्थ भएर आइसकेको छ उ फेरिपनि बिरामी पर्न सक्छ भन्ने सम्भावना र आशंका निकै कम हुने गरेको छ ।’
 
यदि यस्तो केस फेरि पनि आयो भने त्यसमा संक्रमण बढ्ने खतरा कम हुने हुँदा उसमा खतरा बढ्ने सम्भावना निकै कम हुने भन्दै डा. झाङ्गले भने ‘यस्ता घटना निकै न्यून मात्रामा हुने गरेको पाइन्छ । किनकी मानिसको शरीरमा पहिलेदेखि भएको एन्टीबडीजले भाइरससँग लड्ने काम गरिरहेको हुन्छ ।’

Last modified on 2020-04-02 10:13:19


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts