सउदी अरबका राजासहित शाही परिवारका एक सय ५० जनामा कोरोना पुष्टि



Download our app to get more features

काठमाडौं, २८ चैत । नोवेल कोरोना भाइरसका कारण अर्को शाही परिवार संक्रमित भएको छ ।

सउदी अरबको शाही परिवारमा पनि कोरोनाले प्रवेश गरिसेको छ । न्यूयोर्क टाइम्स, बीबीसी र अलजजिराका अनुसार सउदी अरबको सत्तारूढ शाही परिवारका १ सय ५० जनामा कोरोनाको पुष्टि भएको छ ।

यसअघि बेलायत र स्पेनको शाही परिवारका सदस्यमा पनि कोरोना देखिसकेको छ ।

कोरोनाको पुष्टि भएपछि सउदी अरबका राजकुमार फैजल बिन अब्दुल अजीज अल साउदलाई सघन उपचार कक्षमा राखिएको छ । फैजल सउदी अरबको राजधानी रियादका गभर्नर हुन् । त्यसबाहेक सउदी अरबका ८४ बर्षका राजा सलमान जेद्दापनि आइसोलेशनमा छन् । जबकि क्राउन प्रिन्स मोहम्मद बिन सलमान सहित शाही परिवारका अन्य सदस्य र मन्त्री अन्य क्षेत्रमा छन् ।

सउदीका शाही परिवारको उपचार गरिरहेका डाक्टर अब हस्पिटलमा ५ सय बेडको पनि व्यवस्था गरिरहेका छन् । जसले शाही परिवार र उनको सम्पर्कमा आउने सबै विशिष्ट व्यक्तिलाई भर्ना गर्न सकियोस् ।
 
किन्ग फैजलले विशेषज्ञ हस्पिटलका वरिष्ठ डाक्टरहरुलाई हाई अलर्टको सन्देश दिँदै भनेका छन्, देशको कुनैपनि क्षेत्रबाट आउने अतिविशिष्ट व्यक्तिको उपचारको व्यवस्था तयारी हुँदैछ । 

यसका साथै हस्पिटलमा भर्ना गरिएका सबै पुरानो बिरामीलाई खाली गराइएको छ । अब हस्पिटलमा इमरजेन्सी बिरामी र शाही परिवार तथा भीआईपी व्यक्तिहरुको उपचार हुन्छ ।

Last modified on 2020-12-31 15:02:42


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts