अपडेट

कोविड-१९ः विश्वभर मत्यु हुनेको संख्या एक लाख नाघ्यो

आउने केहि हप्ता कोरोना संक्रमण झन् फैलिन सक्ने



Download our app to get more features

काठमाडौं, २९ चैत । विश्वव्यापी महामारी बनेको नोवेल कोरोना भाइरस अर्थात् कोविड १९ का कारण विश्वभर मृत्यु हुनेको संख्या एक लाख नाघेको छ ।

अमेरिकाको जन हपकिन्स विश्वविद्यालयको शनिवार बिहानको तथ्यांक अनुसार कोरोनाका कारण विश्वभर मृत्यु हुनेको संख्या १ लाख २ हजार ६ सय ८५ पुगेको छ । पछिल्लो ३ महिनामा तीव्र गतिमा फैलिँदै गएको कोरोना भाइरसका कारण हालसम्म विश्वका १७ लाख भन्दा बढी मानिस  संक्रमित भएका छन् भने ३ लाख ७६ हजार २ सय ९ जना संक्रमित स्वस्थ भएर घर फर्किएका छन् ।

मार्च ११ मा विश्वव्यापी घोषणा गरिएको कोविड १९ का कारण सबैभन्दा बढी संयुक्तराज्य अमेरिकाका मानिसहरु संक्रमित भएका छन् । अमेरिकामा मात्रै कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ५ लाख नाघेको छ । चीनको वुहान, त्यसपछि युरोप र अहिले केन्द्र बनेको अमेरिकामा मृत्यु हुनेको संख्या १८ हजार ७ सय पुगेको छ । जबकी इटलीमा हालसम्म १८ हजार ८ सय ४९ जनाको मृत्यु भएको छ ।

यसैबीच विश्व स्वास्थ्य संगठनले आउने दिनमा कोरोना भाइरसले अझ क्षति हुने भएकाले लकडाउनको नितीलाई निरन्तरता दिन भनेको छ ।

संगठनको नियमित प्रेस बिफिङ्गको क्रममा संगठनका प्रमुख डा.टेड्रोस अधोनम घेबे्रयसुसले विभिन्न मुलुकहरुलाई कोरोना संक्रमणको रोकथाम र नियन्त्रणलाई ध्यानमा राखि सावधानी स्वरुप लकडाउनलाई निरन्तरता दिन आग्रह गरे ।

उनले युरोपियन मुलुक स्पेन, जर्मनी, इटली, फ्रान्स लगायतका मुलुकसहित अफ्रिकाका १६ देशमा पछिल्लो समय कोरोना फैलिँदै गएकाले अझै सचेत रहन भन्दै गुणस्तरीय जाँचलाई ध्यानमा राखि उपायहरु अपनाउन भनेका छन् ।

विश्वका केही स्वास्थ्य वैज्ञानिकहरुका अनुसार विकासोन्मुख मुलुक र अफ्रिकी मुलुकमा सिमित स्वास्थय संस्था र त्यहाँमा भएका उपकरणका साथै कोरोना नमूना परीक्षण गुणस्तरीय र विकट क्षेत्रसम्म नपुग्दा त्यस क्षेत्रमा कोरोनाको केस कुनैपनि बेला फैलिन सक्ने भन्दै सचेत गराएका छन् ।

यस्तै स्पेनमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १६ हजार पुगेको छ भने संक्रमित हुनेको संख्या १ लाख ५८ हजार पुगेको छ । युरोपिय मुलुकमा इटलीपनि स्पेनमा सबैभन्दा बढी मानवीय क्षति भएको छ ।

यस्तै बेलायतमा हालसम्म कोरोनाका कराण ९ हजारको मृत्यु भएको छ भने संक्रमित हुनेको संख्या ७५ हजार नाघेको छ । 

यसैबीच बेलायती प्रधानमन्त्री बोरिस जोनसोन सामान्य बताइएको छ । कोरोना पुष्टि भएका प्रधानमन्त्री जोनसोन लण्डनस्थित सेन्ट थोमस अस्पतालमा उपचाररत छन् । मार्च २६ मा कोरोना संक्रमित भएका प्रधानमन्त्री जोनसोनको गत आइतवार स्वास्थ्य बिग्रिएपछि उनलाई सघन उपचार कक्षमा राखेर उपचार गरिँदै थियो । हाल उनलाई वार्डमा सारिएको छ ।

दक्षित एशियाई मुलुक भारतमा पछिल्लो समय कोरोनाका कारण मानिसहरु संक्रमित हुने क्रम बढेको छ । हालसम्म मभारतमा कोरोना कारण ७ हजारभन्दा बढी संक्रमित भएका छन् भने मृत्यु हुनेको संख्या २ सय १० पुगेको छ ।

यस्तै टर्कीको प्रमुख व्यापारिक क्षेत्र एवं राजधानी इन्तानबुलमा ३१ शहरसहित कफर््यू जारी गरिएको छ । टर्कीमा हालसम्म ४८ हजार कोरोनाबाट संक्रमित भएका छन् भने ११ सय जनाले ज्यान गुमाइसकेका छन् ।

हालसम्म सबैभन्दा बढी मानवीय क्षति व्यहोरेको इटलीमा पछिल्लो समय कोरोनाका कारण ज्यान गुमाउनेको संख्यामा कमी आएपनि त्यहाँ मे ३ सम्म लकडाउन लम्ब्याइएको छ । 

इटलीका प्रधानमन्त्री गिसुप कोन्टेले शुक्रवार देशवासीको नाममा सम्बोधन गर्दै कोरोनाको जोखिमलाई ध्यानमा राखि मे ३ सम्मका लागि लकडाउन थपिएको घोषणा गरेका हुन् ।

पहिलोपटक इटलीमा २० फरबरीका दिन उत्तरी क्षेत्र कोडोग्नो शहरमा कोरोना पुष्टि भएको थियो । इटलीमा ३ लाख १० हजार संक्रमित भएका छन् भने मृत्यु हुनेको संख्या १८ हजार ८ सय ४९ पुगेको छ । यो हालसम्मकै ठूलो मृतक संख्या हो ।

Last modified on 2020-04-11 08:09:21


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts