कोरोनाका कारण अमेरिकामा मृत्यु हुनेको संख्या विश्वमै धेरै



Download our app to get more features

काठमाडौं, ३० चैत । विश्वव्यापी महामारी बनेको नोवेल कोरोना भाइरसका कारण अमेरिकामा सबैभन्दा बढी मानिसहरुको मृत्यु भएको छ ।

अमेरिकामा पछिल्लो २४ घन्टामा मात्रै २ हजारभन्दा बढीले कोरोनाका कारण ज्यान गुमाएका छन् । अमेरिकामा हालसम्म २० हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने न्यूयोर्कमा मात्रै पछिल्लो २४ घन्टामा ७ सय ८३ जनाले ज्यान गुमाएका छन् । कोरोनाका कारण अमेरिकामा मात्रै ५ लाख २० हजार संक्रमित भएका छन् । 

यो संख्यासँगै कोरोनाबाट मृत्यु हुनेमा अमेरिका विश्वकै पहिलो मुलुक बनेको छ । जहाँ सबैभन्दा बढी मासिनहरुले ज्यान गुमाएका छन् । यसअघि इटलीमा कोरोनाबाट सबैभन्दा धेरै मानिसहरुले ज्यान गुमाइसकेका छन् ।

अमेरिकाको जोन हपकिन्स विश्व विद्यालयका अनुसार अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्या दिनप्रतिदिन २ गुणाले बढ्न थालेको छ भने संक्रमित हुनेको दरपनि ५ गुणाले बढ्दै गएको छ र 

Last modified on 2020-04-12 07:41:42


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts