कोरोनालाई जितेर फर्किए बेलायती प्रधानमन्त्री जोनसन



Download our app to get more features

एजेन्सी, ३० चैत । कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमण भएपछि लण्डनस्थित सेन्ट थोमस हस्पिटलमा उपचारत ५५ वर्षीय बेलायती प्रधानमन्त्री बोरिस जोनसन डिस्चार्ज भएका छन् । उनलाई १० दिन अघि कोरोना पोजेटिभ देखिएको थियो । 

तीन दिन आइसियूमा उपचारपछि उनलाई विहीबार वार्डमा ल्याइएको थियो । आइतबार डिस्चार्ज भएपछि उनले अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीको व्यक्तिगत साहसको प्रशंसा गरेका छन् । साथै उनले उपचारमा संलग्नहरुलाई धन्यवाद दिएका छन् । हाल उनी घरमा आराम गरिरहेको जनाइएको छ । उपचारमा संलग्न चिकित्सहरुको सल्लाह बमोजिम उनी तत्कालै काममा भने फर्कने छैनन् । 

बेलायतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या आइतबारसम्ममा १० हजार पुगेको छ । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts