अपडेट

चीनिया सेनाले विकास गरेको कोरोना विरुद्धको खोपको दोस्रो परीक्षण हुने

अमेरिकाको न्यूयोर्कमा मात्रै १० हजारभन्दा बढीको मृत्यु



Download our app to get more features

काठमाडौं, २ वैशाख । विश्वव्यापी महामारी बनेको नोवेल कोरोना भाइरस आर्थत् कोविड१९ का कारण विश्वभर १९ लाख २४ हजारभन्दा बढी मानिसहरु संक्रमित भएका छन् ।

गत डिसेम्बर अन्तिममा देखिएको कोरोना भाइरसले गर्दा हालसम्म विश्वभर १ लाख १९ हजारभन्दा बढी मानिसहरुको मृत्यु भइसकेको छ भने ४ लाख ४५ हजारभन्दा बढी संक्रमितहरु स्वस्थ भएर घर फर्किएका छन् ।

अमेरिकाको जोन हपकिन्स विश्वविद्यालयका अनुसार पछिल्लो समय केन्द्रबिन्दु बनेको अमेरिकाको न्यूयोर्क राज्य कोरोनाले गर्दा सबैभन्दा बढी प्रभावित बनेको छ । न्यूयोर्कमा मात्रै कोरोनाका कारण १० हजारभन्दा बढी मानिसहरुको मृत्यु भइसकेको छ । 

कोरोनाका कारण विश्कै सबैभन्दा बढी संक्रमित र मृत्यु हुनेमा अमेरिका पहिलो स्थानमा छ । अमेरिकी वैज्ञानिकहरुले कोरोनालाई लिएर पहिले नै चेतावनि दिइसकेका छन् । सरकारले यदि कोरोनालाई लिएर ठोस कदम चालेन भने झन्डै एकदेखि २ लाख अमेरिकी नागरिकले कोरोनाका कारण ज्यान गुमाउनुपर्छ । अमेरिकामा कोरोनाका कारण ६ लाखभन्दा बढी मानिसहरु संक्रमित भएपनि हालसम्म अमेरिका पूर्ण रुपले लकडाउन गरिएको छैन । अझैपनि कार्यालय, संघसंस्थाहरु सुचारु नै रहेको छ । जसले गर्दापनि त्यहाँ संक्रमित हुनेको दर तीव्र गतिमा बढ्दै गएको अमेरिकी विज्ञहरु बताउँछन् ।

हालसम्म अमेरिकामा ५ जना नेपालीको कोरोनाका कारण मृत्यु भइसकेको छ भने २ हजारभन्दा बढी नेपाली संक्रमित रहेको अमेरिकास्थित गैर आवासीय नेपाली संघका प्रतिनिधि नेत्र केसीले हाम्रो डाक्टरन्यूजलाई बताए ।

युरोपीय मुलुक बेलायत अहिले कोरोनाका कारण बढी प्रभावित हुन थालेको छ । बेलायती विज्ञहरुले यदि कोरोनालाई लिएर ठोस कदम चालिएन भने अमेरिका र इटलीभन्दा बढी क्षति बेलायतलाई व्यहोर्नुपर्ने चेतावनि दिएका छन् । बेलायतमा कोरोना उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुको व्यक्तिगत सुरक्षा उपकरण अभाव हुन थालेको र यदि समयमै यसलाई पूरा गर्न नसके बेलायतका आधाभन्दा बढी स्वास्थ्यकर्मी जोखिममा पर्नेपनि विज्ञहरुले चेतावनी दिएका छन् । हालसम्म बेलायतमा कोरोना उपचारमा संलग्न झन्डै २३ जना डाक्टरहरुको कोरोनाका कारण मृत्यु भइसकेको छ ।

बेलायतमा कोरोनाका कारण दिनप्रतिदिन संक्रमित हुने र मृत्यु हुने दर बढ्दै गएको छ । झन्डै एक लाखभन्दा बढी नेपाली रहेको बेलायतमा १२ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् भने एकसयभन्दा बढी संक्रमित भएका छन् ।

पछिल्लो तथ्यांक अनुसार बेलायतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १२ हजार नाघेको छ भने संक्रमित हुनेको संख्या ९० हजार पुगेको छ । 

कोरोनाको उद्गमस्थल चीनमा फेरि कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । तर, यसपटक बाहिरबाट आयातित कोरोना संक्रमित रहेको चीन सरकारले जनाएको छ । रुससँगको नाका अझ खुला भएका कारण सबै रुसी नागरिकले गर्दा कोरोना संक्रमित हुन थालेको चीनले जनाएको छ ।  पछिल्लो २४ भन्टामा थप ८ट वटा नायँ कोरोना संक्रमित फेला परेको चीनले जनाएको छ ।

यसैबीच चीनले दुईवटा भ्याक्सिन मानिसमा परीक्षणको लागि स्विकृति दिएको छ । चीनको राष्ट्रिय फर्मास्यूटिकल ग्रुपले बेइजिंगस्थित नास्डाक लिस्टेड सिनोभ्याक बायोटेक र वुहान इन्स्टिच्यूट अफ बायोलोजिकल प्रोडक्ट्सलाई मान्यता दिएको हो ।

गत मार्चमा नै चीनिया सैन्य समर्थित चीनको एकेडेमी अफ मिलिट्री मेडिकल साइन्सेज र एचके सूचीबद्ध बायोटेक फर्म क्यानसिनो बायोद्वारा विकसित कोरोनाभाइरस विरुद्धको खोपलाई मासिनमा अर्को क्लिनिकल परीक्षणका लागि अनुमति दिइएको हो ।

फ्रान्समा कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि मे महिनाको ११ तारिखसम्म लकडाउन लम्ब्याइएको छ । राष्ट्रपति इम्मानुएल म्याक्रोनले जनअपेक्षा अनुरुप नै लकडाउनको समय अवधि थप गरेका हुन् ।

फ्रान्समा गत २४ घण्टामा ५ सय ७४ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट फ्रान्समा मृत्यु हुनेको संख्या १५ हजार पुगेको छ भने ४ हजार १ सय भन्दा बढी नयाँ संक्रमित फेला परेका छन् । 

जी २० देशका स्वास्थ्यमन्त्रीहरु १९ अप्रिलमा भिडियो कन्फ्रेन्स गर्ने भएका छन् । विश्वव्यापी महामारी बनेको कोरोना भाइरसका कारण विश्वभरको स्वास्थ्य र सामाजीक क्षेत्रमा परेको प्रभावको विषयमा छलफल गर्न भिडियो कन्फ्रेसन्स गर्न लागिएको बताइएको छ ।

नाइजेरियामा कोरोना रोकथाम र नियन्त्रणका लागि गरिएको लकडाउन थप १४ दिन लम्ब्याइएको छ । नाइजेरियाका राष्टर्पति मुहम्मदु बुहारीले राष्ट्रको नाममा सम्बोधन गर्दै ३० मार्चदेखि जारी गरिएको लकडाउन थप १४ दिन लम्ब्याइएको घोषणा गरे ।

साउथ अफ्रिकामा एकै ९९ नयाँ कोरोना संक्रमित फेला परेका छन् । योसँगै त्यहाँ कोरोना संक्रमितको संख्या २२ स ७२ पुगेको छ । साउथ अफ्रिकाका स्वास्थ्यमन्त्री ज्वेली मिखका अनुसार कोरोनाका कारण हालसम्म २७ जनाको मृत्यु भइसको बताए ।

टर्कीमा कोरोना भाइरसका कारण मृत्यु एकै ९८ जनाको मृत्यु भएको छ । योसँगै त्यहाँ मृत्यु हुनेको संख्या १२ सय ९६ पुगेको बताइएको छ । टर्कीका स्वास्थ्यमन्त्री फहरेटिन कोकाका अनुसार हालसम्म टर्कीमा कोरोनाका कारण संक्रमित हुनेको संख्या ४ हजार ९३ पुगेको छ ।

युक्रेनका राष्ट्रिपति भ्लोदोमिर जेलेन्स्किले कोरोना विरुद्धको खोप विकासका लागि आफ्ना वैज्ञानिकलाई एक मिलियन डलर दिने घोषणा गरेका छन् ।

क्यानेडामा कोरोनाका कारण मृत्यु दर ९ प्रतिशतले बढेको छ । त्यहाँ पछिल्लो २४ घन्टामा कोरोनाका कराण ७ सय ३४ जनाले ज्यान गुमाएका छन् ।  

Last modified on 2020-04-14 09:23:39


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts