डब्लूएचओ भन्छः कोरोनाबाट लड्न यी ६ कुरामा ध्यान दिनुस्, खोपमात्रै अन्तिम विकल्प



Download our app to get more features

काठमाडौं, २ वैशाख । विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी नोवेल कोरोना भाइरसविरुद्ध लड्न मुख्य ६ कुरामा ध्यान दिन आग्रह गरेको छ ।

संगठनले तीव्र गतिमा फैलिरहेको कोरोना भाइरसलाई फैलिनबाट रोक्न सरकारले अपनाउने मुख्य ६ कुरालाई ध्यान दिएर निर्देशिका तयार पार्न आग्रह गरेको छ ।

नियमित प्रेस ब्रिफिङको क्रममा सोमवार संगठनका प्रमुख डा.अधोनोम घेब््रेयुससले ६ वटा रणनीति अबलम्बन गरेर कोरोनाको लडाइमा लाग्न आग्रह गर्दै खोप मात्रै यसको विकल्प भएको उल्लेख गरे ।

क) कोरोना भाइरसको प्रसारण अर्थात् एक व्यक्तिबाट अर्कोमा कसरी सरिरहेको छ त्यसलाई नियन्त्रण गर्ने

ख) कसरी सरिरहेको छ त्यसबारे पत्ता लगाउने, शंका लागेकाहरुलाई आइसोलेट गर्ने, संक्रमितको उपचार यथाशिघ्र गर्ने र संक्रमितको सम्पर्कमा आएकाहरुको खोजी गर्ने

ग) नर्सिङ होममा यसको जोखिम बढि हुने भएकाले त्यसमा ध्यान दिने र अन्य जोखिमयुक्त वातावरणलाई नियन्त्रण गर्ने

घ) विद्यालय, कार्यालय र अन्य स्थानमा मानिसहरु आवतजावत गर्ने स्थानमा रोक लगाउनु नै कोरोना संक्रमण फैलिन नदिनु हो । त्यसका लागि आवश्यक रणनीति अपनाउने 

ङ) आयातति जोखिमलाई व्यवस्थित गर्ने

च) समुदायहरु पूर्ण शिक्षित भएकाले सरकारले अपनाएका रणनीतिलाई अबलम्बन गर्न सक्षम छन् ।
 
माथि दिएका रणनीतिलाई अपनाउन सबै मुलुक र नागरिकलाई आग्रह गरे ।

डा.घेब्रेयुससले कोरोना भाइरस संक्रमणलाई प्रभावकारी भ्याक्सिनले मात्र रोक्न सक्ने भएकाले भ्याक्सिन नबनेसम्म कोरोनाको संक्रमण पूर्णरुपमा नरोकिने बताए ।

उनले कोरोना भाइरस स्वाइन फ्लु भन्दा १० गुणा बढी खतरनाक भएको बताउँदै यसलाई रोक्न प्रभावकारी भ्याक्सिनको अनिवार्यतामा जोड दिए ।

डब्लुएचओका प्रमुख घेब्रेयुससले अहिले केही मुलुकमा प्रत्येक तीनदेखि चार दिनको अवधिमा कोभिड–१९ का संक्रमितको संख्या दोब्बर भइरहेको भन्दै चिन्ता व्यक्त गरे । उनले यसलाई रोक्न पहिचान, परीक्षण, आइसोलेसन, उपचारका साथै सम्पर्कमा रहेका मानिसको ट्रेसिङमा जोड दिन आग्रह गरे ।

अहिले विश्वको आधाभन्दा बढी मानिसहरु घरमा नै बसिरहेका छन् । तर, यो कडाइ केही खुकुलो बनाउने हो भने यो महामारी अझै बढ्न सक्ने डब्ल्यूएचओका प्रमुखको भनाइ छ ।

Last modified on 2020-04-14 10:28:29


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts