३ मे सम्म भारतमा लकडाउन, विशेष निर्देशिका तयार गरिँदै



Download our app to get more features

भारत, २ वैशाख । कोरोनाभाइरसको जोखिम कम गर्न भारतमा ३ मेसम्मका लागि लकडाउन लम्ब्याइएको छ ।

देशवासीका नाममा सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसले गर्दा मानिसहरुको ज्यान जोगाउन लकडाउनको समावधि थप गरिएको बताए ।

उनले देशका अन्य भागमा कोरोनाभाइरसको संक्रमण नफैलियोस् भनेर २० अप्रिलसम्म कडा उपायहरु अपनाउने तयारी गरिएको भन्दै भाइरसका नयाँ हटस्पटहरू देखा परे भने त्यसले भारतकालागि थप समस्या खडा गर्ने हुँदा मे ३ सम्मका लागि लकडाउन थपिएको घोषणा गरे ।

एकहप्ताको कडिकडाउपछि भने नयाँ हटस्पट अर्थात एकैस्थानमा धेरै सङ्क्रमण देखा नपरेका क्षेत्रमा लकडाउनका प्रावधान केही खुकुलो पार्न सकिने उनले बताएका छन् ।

मोदीले यो लकडाउन पहिलेभन्दा कडा हुने र एप्रिल २० तारिखसम्म सबै बस्तीलाई निरीक्षण गर्ने र लकडाउनको पालना गर्दै कोरोनाभाइरस सङ्क्रमण हुन नदिने स्थानमा अत्यावश्यक कामका लागि सशर्त अनुमति दिन सकिने बताए ।

देशवासीको नाममा सम्बोधन गर्दै सरकारले लकडाउनको सम्बन्धमा भोली विस्तृत निर्देशिका जारी गर्ने पनि उनले उल्लेख गरे ।

भारतीय प्रधानमन्त्री मोदीले आफ्नो सरकारले गरेको निर्णयहरूले भारतमा कोरोनाभाइरसको प्रकोप कम गर्न मद्दत गरेको दावी गरे ।

भारतले मार्च २४ मा २१ दिनको लकडाउनको घोषणा गरेको थियो । आज बिहानसम् मभारतमा १० हजार ४५३ जनामा कोरोनाभाइरस सङ्क्रमण भएको र ३ सय ५८ जनाको मृत्यु भइरसकेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
 

Last modified on 2020-04-14 11:50:19


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts