अपडेट

कोरोना संक्रमित र मृत्युदरमा कुनै सुधार नआउँदै लकडाउन खोल्ने अमेरिकाको तयारी

यस्तो छ विश्वका केही गतिविधि



Download our app to get more features

काठमाडौं, ५ वैशाख । विश्वव्यापी महामारी बनेको नोवेल कोरोना भाइरस अर्थात् कोविड १९ का कारण अमेरिकामा मृत्यु हुनेको संख्या ३५ हजार पुगेको छ । 

विश्वमै सबैभन्दा बढी मानिसहरु संक्रमित हुने मुलुकमा अमेरिका छ । ६ लाख ६७ हजार मानिस अमेरिकामा कोरोनाका कारण संक्रमित भएका छन् । दिनप्रतिदिन अमेरिकामा कोरोनाका कराण मृत्यु हुने र संक्रमित हुनेको संख्या बढ्दै गएको बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने लकडाउन खुलाउने तयारी गरेका छन् ।

मुलुकको अर्थतन्त्रलाई सुधार्न ट्रम्पले अमेरिकाका विभिन्न राज्यका गभर्नरका लागि १८ बुँदे निर्देशिका जारी गरेका हुन् ।

ब्राजिलका स्वास्थ्यमन्त्रीलाई पदबाट बर्खास्त गरिएको छ । कोरोना भाइरसको विषयमा सरकारको प्रतिनिधिले गैरजिम्मेवार तरिकाले प्रतिक्रिया दिएको भन्दै ब्राजिलका राष्ट्रपति जाइर बोलसोनारोले स्वास्थ्यमन्त्री लुइज हेनरिक मनडेट्टालाई पदबाट बर्खास्त गरेका हुन् ।

क्यानेडा र अमेरिका नाका बन्द गर्न भनिएको छ । क्यानेडेलि प्रधानमन्त्री जस्टिन ट्रुड्यूले अमेरिकासँगको सीमानाका बन्द गर्ने घोषणा गरेका हुन् । अमेरिकामा कोरोना संक्रमितको संख्या बढ्ने क्रम नरोकिएपछि क्यानेडाले सीमा नाका बन्द गर्ने भएको हो । क्यानेडामा हालसम्म कोरोनाका कराण १२ सय २९ जनाको मृत्यु भइसकेको छ भने ३० हजार ४ सयभन्दा बढी संक्रमित भएका छन् ।

यस्तै पछिल्लो समय प्रभावित बन्दै गएको युरोपिय मुलुक बेलायतमा ३ साताका लागि लकडाउन लम्ब्यिाइएको छ । विज्ञहरुले कोरोनाका कारण बेलायतमा सबैभन्दा बढी क्षति हुने भन्दै चेतावनी दिएपछि बेलायती सरकारले ३ साताका लागि लकडाउन थप गरेको हो । 

बेलायतमा हालसम्म कोरोनाका कारण १३ हजारभन्दा बढीको मृत्यु भएको छ भने संक्रमितको संख्या ८५ हजार पुगेको छ । 

अमेरिकी जोन हपकिन्स विश्वविद्यालयका अनुसार हालसम्म कोरोनाका कारण विश्वभर एक लाख ४३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने संक्रमित हुनेको संख्या २२ लाख पुगेको छ ।

Last modified on 2020-04-17 08:36:20


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts