अपडेट

कोरोनाबारे सचेतना दिन ८ घन्टे म्यूजिक कन्सर्ट, भारतमा संक्रमितको संख्या १५ हजार नजिक



Download our app to get more features

काठमाडौं, ७ वैशाख । विश्वव्यापी महमारी बनेको नोवेल कोरोना भाइरसबाट जोगिन अमेरिकामा गरिएको लकडाउनको विरुद्धमा प्रदर्शन गरिएको छ ।

लकडाउनका कारण व्यापार व्यवसायमा ठूलो क्षति भएको र खानपनि समस्या भएको भन्दै लकडाउनको विरुद्ध सर्वसाधारणले प्रदर्शन गरेका हुन् ।

यस्तै कोरोना भाइरसका कारण हालसम्म सबैभन्दा बढी क्षति भएको अमेरिकामा पछिल्लो २४ घन्टामा मृत्यु हुनेको संख्यामा कमी आएको छ । हालसम्म अमेरिकामा कोरोनाका कराण ७ लाख ११ हजारभन्दा बढी संक्रमित भएका छन् भने ३७ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

यस्तै कोरोनाका कराण विश्वभर मृत्यु भएकाहरुको सम्झनामा विभिन्न मुलुकका विश्वचर्चित गायकहरुले अनलाईन म्यूजिक कन्सर्ट गरेका छन् । साथै कोरोनाको उपचारमा खटिएका डाक्टरहरुको सम्मानमा पनि उनीहरुले अनलाई म्यूजिक कन्सर्ट गरेका छन् । ८ घन्टासम्म भएको इभेन्ट ग्लोबल सिटिजन मुभमेन्ट र विश्व स्वास्थ्य संगठनले एक साथ आफ्नो टिभिबाट प्रत्यक्ष प्रसारण गरेका थिगए ।

कन्सर्टमा लेडि गागा, द किलर ब्यान्ड, रिटा ओरा, ल्यांग ल्यांग लगायतले सहभागिता जनाएका थिए । 

क्नसर्टमा संगितको माध्यमबाट मानिसलाई कोरोनाबारे सचेतनापनि दिइएको थियो ।

सुडानको राजधानी खार्तुमलाई ३ साताका लागि लकडाउन गरिएको छ । राजधानी खार्तुममा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि ३ साताका लागि लकडाउन गरिएको हो । सुडानको संघीय स्वास्थ्य मन्त्रालयले शनिवार ३० थप नयाँ कोराना संक्रमित फेला परेको भन्दै खार्तुममा मात्रै ६६ जना कोरोना संक्रमितको संख्या पुगेको बताए । उलने हालसम्म सुडानमा ४ जनाको कोरोनाका कारण मृत्यु भएको पनि जानकारी गराए ।

टर्कीमा कोरोनाका कारण संक्रमित हुनेको संख्या ८२ हजार ३ सय २९ पुगेको  छ । टर्कीका स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ कोरोनाका कारण १८ सय ९० जनाको मृत्यु भएको छ ।

इरानको राजधानी तेहरानमा फेरि कोरोना संक्रमितको संख्या बढेको छ । नाइजेरियाका राष्ट्रपति मोहम्मद बुहारीका वरिष्ठ सल्लाहाकार अब्बा क्यारीको कोरोनाका कारण मृतयु भएको छ । कोरोना संक्रमणदेखिएका क्यारीको शनिवार मृत्यु भएको राष्ट्रपति कार्यालयले जनाएको छ । 

यस्तै पछिल्लो समय दक्षिणपूर्वी मुलुक भारतमा कोरोनाका कराण संक्रमित हुनेको संख्या ४ गुणाले बढ्न थालेको छ । भारतमा हालसम्म कोरोनाका कारण संक्रमित हुनेको संख्या १५ हजारको नजिक पुगेको छ भने ५ सय जनाको मृत्यु भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै युरोपमा मात्रै कोरानाका कारण मृत्यु हुनेको संख्या एक लाख पुगेको छ । कोरोनाका कारण सबैभन्दा धेरै क्षति व्यहोरोको इटलीमा २३ हजार, स्पेनमा २१ हजार, फ्रान्समा १९ हजार, बेलायतमा १६ हजार गरि विभिन्न युरोपिय मुलुकमा गरि कोरोनाका कारण मृत्यु हुनेको संख्या एक लाख नाघेको छ । 

अमेरिकास्थित जोन हपकिन्स विश्वविद्यालयको तथ्यांक अनुसार कोरोनाका कारण विश्वभर मृत्यु हुनेको संख्या एक लाख ६० हजार ७ सय ५७ पुगेको छ । यस्तै संक्रमित हुनेको संख्या २३ लाख ३० हजार ९ सय ६४ पुगेको छ भने ५ लाख ९६ हजार ६ सय ८७ जना स्वस्थ भएर घर फर्किएका छन् ।

Last modified on 2020-04-19 07:56:34


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts