कोरोना संक्रमण पूर्ण निको हुन कति समय लाग्छ ?



Download our app to get more features

एजेन्सी, ७ वैशाख । सन् २०१९ को अन्तिम तिर कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिए पनि यसले छोटो समयमै विश्वलाई आफ्नो चपेटामा पारेको छ । कोरोना संक्रमित केही बिरामी छिट्टै निको भए पनि यसको शरीरमा असर पूर्ण रुपमा तत्काल हड्ने सम्भावन देखिँदैन । कोरोना संक्रमण कुन तहमा थियो भन्नेले निको हुने समय निर्धारण गर्ने चिकित्सकहरु बताउँछन् । संक्रमितको उमेर, लिंग र अन्य स्वास्थ्य समस्या रहे÷नरहेको आधारमा उसमा पर्ने जोखिमको निक्र्यौल हुने गरेको पाइएको छ । उपचारका लागि शरीरमा जति धेरै प्रयोग गरिन्छ ठिक हुनलाई पनि त्यति नै धेरै समय लाग्ने चिकित्सकहरुको भनाइ छ ।

सामान्य लक्षण मात्रै छ भने के हुन्छ ?

कोरोना भाइरस संक्रमणको मुख्य लक्षण उच्च ज्वरो, सुख्खा खोकीलाई लिइदै आएको छ । साथै टाउको दुख्ने, थकाइ लाग्ने, जीउ दुख्ने पनि हुनसक्छ । सुरु सुरुमा सुख्खा खोकी लागे पनि पछिपछि कफ पनि आउने गरेको पाइन्छ । यसमा कोरोना भाइरसका कारण फोक्सोको मृत कोषहरु हुने गरेको चिकित्सकहरुको भनाइ छ । 

यस्तो अवस्थामा पूर्ण आराम गर्न सल्लाह दिइन्छ । साथै शरीर र टाउको दुखाइ कम गर्न पारासिटामोल र पर्याप्त पानी खान सल्लाह दिइदै आइएको छ । सामान्य लक्षण देखिएका बिरामी छिट्टै ठिक हुने आशा गरिन्छ । एक साता भन्दा कम समय मै ज्वरो हरायो भने सामान्य समस्याका रुपमा लिन सकिन्छ । चीनका चिकित्सकहरुले गरेको अध्ययनको रिर्पोट अनुसार विश्व स्वास्थ्य संगठनको विश्लेषणमा कोरोना संक्रमणपछि सामान्य लक्षण देखिएका बिरामी पनि ठिक हुन दुई साता लाग्ने उल्लेख छ ।

गम्भीर लक्षण कस्तो हुन्छ ?

कोरोना संक्रमण कतिपयका लागि गम्भीर हुन्छ । संक्रमणको सातदेखि १० दिनमा यसको अनुभव गर्नसकिन्छ । यस्ता बिरामीको स्वास्थ्य अवस्था तिव्र गतिमा बिग्रदै जान्छ । छाती (फोक्सो)पोल्ने र श्वासप्रश्वास प्रक्रिया मै अवरोध आउने हुन्छ । यो अवस्था मानिसको शरीरको रोग प्रतिरोधी प्राणालीले संक्रमणसँग लड्न खोज्दा हुन्छ । रोग प्रतिरोधी प्रणाली कोरोना भाइरसविरुद्ध बलियो प्रतिक्रिया दिन्छ र परिणम स्वरुप हाम्रो शरीरमा केही क्षति हुन्छ । जस्तंै केही व्यक्तिलाई अक्सिजन दिनको लागि अस्पताल भर्ना गर्नुपर्ने पनि हुन्छ । ब्रिटिश चिकित्सक सारा जार्विसका अनुसार श्वासप्रश्वासमा समस्या हुनलेलाई सामान्य अवस्थामा आउन केही बढी समय लाग्छ । उनले भनेकी छिन्, ‘यस्ता बिरामी ठिक हुन दुईदेखि आठ सातासम्म लाग्न सक्छ ।’

कस्ता व्यक्तिलाई आइसियूमा राख्नु पर्छ ?

विश्व स्वास्थ्य संगठनका अनुसार २० मध्ये एक जना कोरोना संक्रमितलाई आइसीयूमा राख्नुपर्ने हुनसक्छ । यस्तो अवस्थामा भेन्टिलेटर मै राख्नुपर्ने पनि हुनसक्छ । आइसियूमा राखेका बिरामी ठिक हुन निकै समय लाग्नु स्वभाविकै हो । जुनसुकै रोगका बिरामी भए पनि आइसियूबाट जनरल वार्डमा ल्याउनुपर्छ । त्यसपछि मात्रै उसलाई घर पठाइन्छ । फ्याकल्टी अफ इन्टेन्सिव केयर मेडिसिन डाक्टर एलिसन पिटार्डका अनुसार क्रिटिकल केयरपछि जोसुकै बिरामीलाई सामान्य अवस्थामा आउन १२ देखि १८ साता लाग्छ । अस्पतालमा लामो समयसम्म बस्दा मांसपेसीमा निकै नै नोक्सान हुन्छ । बिरामी कमजोर बनिरहेको हुन्छ । यस्तो बेलामा पुनःसामान्य हुन शरीरमा शक्ति चाहिन्छ । कतिपय मनिसलाई त सामान्य हुन लामो समय फिजियोथेरापी गर्नु पर्ने पनि हुनसक्छ ।  


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts