अपडेट

कोविड-१९ः भारतको मुम्बईमा मात्रै २ सय स्वास्थ्यकर्मी संक्रमित

यस्तो छ विश्वका केही गतिविधि



Download our app to get more features

काठमाडौं, ८ वैशाख । विश्वव्यापी महामारी बनेको नोवेल कोरोना भाइरसका कारण सबैभन्दा बढी अमेरिकी नागरिक प्रभावित बनेका छन् ।

अमेरिकी विश्वविद्यालय जन हपकिन्सका अनुसार अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४० हजार ५ सय ८५ पुगेको छ । यस्तै संक्रमित हुनेको संख्या ७ लाख ४२ हजार पुगेको छ । 

अमेरिकाको सबैभन्दा बढी प्रभावित न्यूयोर्क राज्य पर्छ । जहाँ मात्रै कोरोनाका कारण झन्डै ६ हजार भन्दाबढी मानिसको मृत्यु भइसकेको छ । तर, न्यूयोर्कका गर्भनर एन्ड्र्यू कउमोका अनुसार पछिल्लो केहि समय न्यूर्योमा कोरोनाका कराण मृत्यु हुनेको संख्यामा कमी आएको बताउँछन् ।

बेलायत सरकारले कोरोना भाइरसको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) अभाव भएको कुरा स्विकारेको छ । इटली र स्पेनपछि सबैभन्दा धेरै बेलायतका स्वास्थ्यकर्मी कोरोनाका कारण संक्रमित भएका छन् भने हालसम्म २५ जनाको मृत्यु भइसकेको छ । 

बेलायतमा कोरोना उपचारका खटिएका स्वास्थ्यकर्मीका लागि मास्क, गाउन, पञ्जा लगायतका सामाग्री अभावका कारण स्वास्थ्यकर्मीलाई उपचारमा समस्या भएको भन्दै विज्ञहरुले बेलायत सरकारलाई चेतावनी दिँदै आएको छ ।

बेलायतको स्वास्थ्य विभागका प्रवक्ताका अनुसार अग्रस्थानमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई आवश्यक पर्ने पीपीई टर्कीबाट ४ लाख थान ल्याउने तयारी भएको बताएका छन् । बेलायतमा हालसम्म कोरोनाका कारण १५ हजार ४ सय ६४ जनाको मृत्यु भइसकेको छ भने एक लाख ५० हजार संक्रमित भएका छन् ।   

अफगानिस्तानको राष्ट्रपति भवनमा कोरोना भाइरसका कारण ४० जना संक्रमित भएका छन् । 

अफगानिस्तान सरकारले आइतवार दिएको जानकारी अनुसार हालसम्म ४० जना अधिकारी कोरोनाका कारण संक्रमित भएका छन् । तर, राष्ट्रपति असरफ घानीमा कोरोना संक्रमण भए नभएको विषयमा केही बताइएको छैन । ७० वर्षीय घानी पेटको क्यान्सरबाट पीडित छन् ।

संक्रमित सबैलाई विशेष अस्पतालमा उपचारका लागि भर्ना गरिएकोपनि अफगान सरकारले बताएको छ ।

अफगानिस्तानमा हालसम्म कोरोनाका कारण ९ सय ३३ जना संक्रमित भएका छन् भने ३३ जनाको मृत्यु भइसकेको छ । 

भारतको मुख्य व्यापारिक केन्द्र मुम्बईमा कोरोनाका कारण हालसम्म २ सय स्वास्थ्यकर्मी संक्रमित भएका छन् । १८ करोड जनसंख्या रहेको मुम्बईका विभिन्न निजी तथा सरकारी अस्पतालका गरि २ सय भन्दा बढी स्वास्थ्यकर्मीमा पीपीई अभावका कारण कोरोना संक्रमण भएको बताइएको छ । 

मुम्बईमा मात्रै कोरोनाका कारण एक सय जनाको मृत्यु भइसकेको छ भने भारतभरिमा ५ सय १९ जनाको मृत्यु भएको बताइएको छ । यस्तै कोरोनाका कारण संक्रमित हुनेको संख्या १६ हजार पुगेको छ ।

यस्तै पाकिस्तानमा कोरोनाको विषयमा रिर्पोटिङ गर्ने झन्डै १२ जनाभन्दा बढी पत्रकार संक्रमित भएका छन् । विभिन्न सञ्चार माध्यममा काम गर्ने पत्रकारहरुसँग समाचार संकलनका लागि जाँदा पीपीई बिनै गएको, कार्यालयमा सामाजीक दुरी कायम नगरेका कारण कोरोना संक्रमित भएको बताइएको छ । पाकिस्तान सरकारका अनुसार पीपीई अभावका कारण पत्रकारहरुलाई उपलब्ध गराउन नसकिएको तर, चाँडै नै यो समस्या समाधान हुने बताएको छ । 

पाकिस्तानमा हालसम्म कोरोनाका कारण १ सय ६८ जनाको मृत्यु भइसकेको छ भने ८ हजार ३ सय ४८ जना संक्रमित भएका छन् ।

एसियाली मुलुकबाट सुरु भएको कोरोना भाइरस निकै नै ढिलो गरि अहिले अफ्रिकि मुलुकमा फैलिन थालेको छ । 

इथियोपिया, जिम्बावे, घाना, लेवनान लगायतका मुलुकमा कोरोनाका कारण संक्रमित हुनेको क्रम विस्तारै बढ्दै गएको छ । मुलुकमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि जिम्बावेमा लगाइएको लकडाउनको समयावधि थप गरिएको छ । गत २० मार्चमा लगाइएको लकडाउन थप २ साताको लागि बढाइएको जिम्बावेका राष्ट्रपति एमर्सन म्नेङ्गवाले बताएका छन् । 

अमेरिकी विश्वविद्यालय जन हपकिन्सका अनुसार हालसम्म कोरोना भाइरसका कारण विश्वभर मृत्यु हुनेको संख्या १ लाख ६५ हजार ५८ पुगेको छ । यस्तै २४ लाख ६ हजार ९०५ संक्रमित भएका छन् भन े६ लाख १७ हजारभन्दा बढी स्वस्थ भएर घर फर्किएका छन् ।

Last modified on 2020-04-20 07:50:53


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts