अपडेट

कोरोनाका कारण विश्वभर मृत्यु हुनेको संख्या १ लाख ७० हजार नाघ्यो



Download our app to get more features

काठमाडौं, ९ वैशाख । विश्वव्यापी महामारी बनेको नोवेल कोरोना भाइरस अर्थात् कोविड १९ का कारण विश्वभर मृत्यु हुनेको संख्या १ लाख ७० हजार ४ सय ३६ पुगेको छ ।

अमेरिकाको जन हपकिन्स विश्वविद्यालयका अनुसार कोरोनाका कराण हालसम्म विश्वभर झन्डै २४ लाख ८१ हजार २ सय ८७ जना संक्रमित भएका छन् भने ६ लाख ४६ हजार ८ सय ५४ जना स्वस्थ भएर घर फर्किएका छन् ।

कोरोना भाइरसको उद्गमस्थल चीनमा सोमवार थप ११ नयाँ संक्रमित भेटिएका छन् । चीनको वुहानमा ११ जनामा कोरोना संक्रमण भएको पुष्टि भएपछि भाइरसका कारण मृत्यु भने सोमवार शून्य रहेको बताइएको छ ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार सोमवार भेटिएका ११ जनामध्ये ४ जना आयातित संक्रमित हुन् भने ७ जना स्थानीय नै हुन् । यस्तै ३७ जनामा दोहोर्याएर कोरोना संक्रमण भएको छ । 

कोरोनाका कारण विश्वमै सबैभन्दा धेरै प्रभावित बनेको अमेरिकामा सोमवारपनि प्रदर्शन जारी रह्यो । लकडाउनका कारण व्यापार व्यवसायमा ठूलो क्षति भइरहेको भन्दै लकडाउन खुलाउन माग गर्दै त्यहाँका मानिसहरु प्रदर्शनमा उत्रिएका छन् । यस्तै लकडाउनको विरोधमा उत्रिएका प्रदर्शनकारीलाई रोक्न अमेरिकी स्वास्थ्यर्मीले विरोधस्वरुप सडकमा उत्रिएका छन् । न्यूयोर्कस्थित एक अस्पतालका दुई जना डाक्टरहरुले प्रदर्शनकारीलाई रोक्न सडकमा उनिहरुको बाटो छेकेका छन् । सामाजीक दूरी कायम गर्नुपर्ने र कोरोनाको महामारीबाट जोगिन सबैले साथ दिनुपर्ने भन्दै डाक्टरहरुले उनीहरुको बाटो छेकेका हुन् ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको जाँचलाई लिएर राज्यपालहरुको आलोचना गरेका छन् । 
 

Last modified on 2020-04-21 08:38:45


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts