बेलायतमा कोरोना विरुद्धको खोप तयार, भाेलिदेखि मानिसमा परीक्षण गरिने



Download our app to get more features

बेलायत, १० वैशाख । बेलायतमा कोरोना विरुद्धको खोप तयार भएको छ ।

अक्सफोर्ड विश्वविद्यालयले तयार पारेको कोरोना विरुद्धको खोप परीक्षणका लागि बेलायत सरकारले झन्डै २० मिलियन पाउण्ड खर्च गर्ने घोषणा गरेको छ । तयार पारिएको खोप भोलीदेखि कोरोना विरुद्धको खोपको परीक्षण मानिसमा गरिने भएको छ ।
 
बेलायतको हेल्थ सेक्रेटरी म्याट ह्यानककका अनुसार स्वास्थ्य मन्त्रालयले यो भ्याक्सिन तयार गर्नका लागि हरेक प्रकारको सहयोग गर्ने भएको छ । किनकी यो भ्याक्सिनले कोरोना भाइरस महामारीसँग लड्नमा निर्णायक भूमिका निर्वाह गर्न सक्छ । ह्यानककले अघिल्लो फेजको तयारीका लागि बेलायत सरकारले इम्पीरियल कलेज लण्डनको भ्याक्सिनमाथि अध्ययनका लागि २२ दशमलव ५ मिलियत पाउण्ड दिने पनि जानकारी गराए । 

ह्यान्ककले भने, ‘उसो त भ्याक्सिन तयार गर्नमा वर्षौसमय लाग्ने गर्छ । तर, बेलायत यो महामारी विरुद्धको लडाइमा सबैभन्दा अग्रस्थानमा उभिएको छ । हामीले कुनैपनि देशको तुलनामा यसको भ्याक्सिन खोज्नका लागि सबैभन्दा धेरै रकम खर्च गरेका छौं । भ्याक्सिनको उत्पादन र परीक्षणका लागि बेलायत सरकार जेपनि गर्न सक्छ ।’

बेलायतमा हालसम्म कोरोनाका कारण २० हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने एक लाख ३० हजारभन्दा बढी संक्रमित भएका छन् । 

युरोपीय मुलुकमा बेलायतलाई सबैभन्दा उच्च जोखिम मुलुक मान्दै त्यहाँका वैज्ञानिकहरुले कोरोनाबाट जोगिन हरसम्भव प्रयास गर्न सरकारलाई सुझाव दिसकेको छ । 

कोरोना भाइरस विरुद्धको खोपका लागि चीन, अमेरिका, अस्ट्रेलिया लगायतका मुलुकमा पनि परीक्षण र खोज भइरहेको छ ।

Last modified on 2020-04-22 09:20:23


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts