भारतमा स्वास्थ्यकर्मीमाथि आक्रमण गरे सात वर्ष जेल



Download our app to get more features

भारत, १० वैशाख । भारत सरकारले स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई सात वर्ष जेल सजाय हुने अध्यादेश ल्याएको छ । सञ्चार तथा प्रसारण मन्त्री प्रकाश जावडेकरले स्वास्थ्यकर्मीमाथिको आक्रमण असह्य हुने भन्दै आध्यादेश ल्याइएको बताएका छन् । महामारी रोग कानुनसम्बन्धी अध्यादेश क्याबिनेटले पास गरिसकेको अब  राष्ट्रपतिले प्रमाणीकरण गरेसँगै यो अध्यादेश कार्यान्वयनमा आउने उनले बताए ।

अध्यादेश कार्यान्वयन भएसँगै स्वास्थ्यकर्मीमाथि आक्रमण गरे दुईदेखि पाँच लाखसम्म जरिवाना तिराइने र सात वर्षसम्म जेल सजाय हुन सक्ने उनले जानकारी दिए ।मन्त्री जावडेकरका अनुसार स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई जमानत दिइने छैन । साथै घटनाको ३० दिनभित्र जाँच पूरा गरिनेछ । एक वर्षभित्र घटनाको छानबिन गरि फैसला गरिनेछ र तीन महिनादेखि पाँच वर्षसम्म जेल सजाय पनि हुन सक्ने उनले बताए ।

पछिल्लो समय भारतमा कोरोना भाइरस संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि आक्रमण बढेको छ । यस्ता घटना बाहिरिन थालेपछि सरकारले अध्यादेश ल्याएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
गृहमन्त्री अमित शाह र भारतीय चिकित्सक संघ (आईएमए) बीच बुधवार भएको बैठकपछि यो अध्यादेश ल्याइएको हो । सरकारले सुरक्षाका लागि केही कानुन नल्याए स्वास्थ्यकर्मीले २३ अप्रिललाई कालो दिनका रूपमा मनाउने चेतावनी दिएका थिए ।

भारतम बुधबार मात्रै १३ सय ८३ जना नयाँ कोरोना संक्रमित पुष्टि भएका छन् । योसँगै भारतमा कोरोना संक्रमितको संख्या २० हजार भन्दा बढी पुगेको छ भने एकै दिन ५० जनाको मृत्यु भएपछि मृत्यु हुनेको संख्या ६ सय ४५ पुगेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts