भारतमा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई जेल सजायदेखि जरिवानासम्म



Download our app to get more features

भारत, ११ वैशाख । भारतमा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेका लागि नयाँ अध्यादेश जारी भएको छ ।

भारत सरकारले स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेको विषयमा तयार पारेको अध्यादेश आज राष्ट्रपति रामनाथ कोविन्दले प्रमाणिकरण गरेका छन् । 

राष्ट्रपति कोविन्दले महामारी रोग (संशोधन) अध्यादेश, २०२० लाई स्विकृति दिएसँगै लागू भएको हो । अध्यादेश अनुसार अब भारतमा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई गैर जमानती मानिने र ३० दिनभित्र जाँच पुरा गरि एक वर्षभित्रमा फैसला सुनाउनुपर्नेछ ।
 
कोरोना भाइरसबाट विश्व जुझिरहेको बेला अग्रस्थानमा रहेर कोरोना संक्रमितको उपचार गर्ने डाक्टर र स्वास्थ्यकर्मीका लागि केन्द्र सरकारले यो विधेयक ल्याएको हो ।

अध्यादेशमा अब कोरोना संक्रमितको उपचारमा खटिएकालाई आक्रमण गर्नेलाई अपराधीको दायरमा राखिने, घटनाबारे ३० दिनभित्र जाँच पूरा गरि एक वर्षभित्र फैसला दिने, आक्रमणको घटनामा ३ महिनादेखि ५ वर्षसम्म जेल सजाय, घटनाका गम्भीरताको आधारमा ५० हजारदेखि २ लाखसम्म जरिवाना, गम्भीर प्रकृतिका घटनामा ६ महिनादेखि ७ वर्षसम्म जेल सजाय र गम्भीर प्रकृतिका घटनामा १ लाखदेखि ७ लाखसम्म जरिवानाको प्रावधान राखिएको छ ।

बुधवार भारतीय चिकित्सक संघका पदाधिकारीसँग गृहमन्त्री अमित साहले गरेको छलफलमा कोरोनाको उपचारमा खटिएकाहरुको सुरक्षाको सुनिश्चितता गर्ने आश्वासन दिएपछि बुधवारै सञ्चार तथा प्रशारणमन्त्री प्रकाश जावडेकरले अध्यादेश तयार पारेका थिए । 

Last modified on 2020-04-23 11:51:22


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts