अपडेट

कोरोनाका कारण अमेरिकामा एकैदिन ३१ सयभन्दा बढीको मृत्यु, यस्तो छ विश्वका केही गतिविधि



Download our app to get more features

काठमाडौं, १२ वैशाख । बेलायतमा कोरोना विरुद्धको खोप मानिसमा परीक्षण गरिएको छ । अक्सफर्ड विश्वविद्यालयले तयार पारेको खोप बिहीवार मानिसमा परीक्षण गरिएको हो । बेलायतमा हालसम्म कोरोनाका कारण २२ हजारको मृत्यु भइसकेको छ भने २ लाख नागरिक संक्रमित भएका छन् ।

विश्व स्वास्थ्य संगठनले युरोपमा कोरोनाका कारण मृत्यु हुनेमा अधिकांश स्यार केन्द्रका रहेको बताएको छ ।

युरोपस्थित विश्व स्वास्थ्य संगठनका क्षेत्रीय निर्देशक डाक्टर ह्यान्स क्लुगले युरोपमा कोरोना भाइरसका कारण जतिपनि मृत्यु भएको छ ती मध्ये आधा संख्या वृद्धाश्रम वा स्याहार केन्द्रका रहेको बताए । 

डाक्टर ह्यान्सले पत्रकार सम्मेलनका क्रममा युरोपका वृद्धवृद्धाको विषयमा निकै चिन्ताजनक अवस्था देखिएको र जसलाई स्वास्थ्य आवश्यकता छ उनीहरुको नै मृत्यु भइरहेको भन्दै चिन्ता व्यक्त गरे । 

चीनले विश्व स्वास्थ्य संगठनलाई थप ३ करोड अमेरिकी डलर दिने घोषणा गरेको छ । अमेरिकाले डब्ल्यूएचओलाई दिने सहयोग रोक्ने निर्णय गरेको केही समयपछि चीनले ३० अर्ब सहयोग दिने घोषणा गरेको हो । 

चीनले कोरोना भाइरस (कोभिड १९) विरुद्धको लडाइँका लागि यो सहयोग दिन लागेको बताएको छ । यसअघि अमेरिकाले डब्ल्यूएचओले यो महामारीलाई नियन्त्रण गर्न उचित कदम चाल्न नसकेको आरोप लगाउँदै उसलाई अहिलेसम्म दिँदै आएको सहयोग रोक्ने निर्णय गरेको थियो । 

अमरिकाको संसदको तल्लो सदनले ४ सय ८४ अर्व डलरको राहत प्याकेजको विधेयक पास गरेको छ । अमेरिकी तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभबाट ४ सय ८४ अर्व डलरको नयाँ राहत प्याकेजसम्बन्धी विधेयक पास गरेको हो । कोरोनाका कारण साना व्यवसायी र ऋणमा रहेका तथा कोरोनाको महामारीका लागि चाहिने आवश्यक रकम यस राहत प्याकेजबाट उलब्ध गराउन सकिने छ । 

कोरोना महामारीका कारण अमेरिकामा पछिल्लो २४ घन्टामा ३१ सय ७६ जनाको मृत्यु भएको छ । योसँगै त्यहाँ मृत्यु हुनेको संख्या ५० हजार पुगेको छ । यस्तै संक्रमितको संख्या ८ लाख ६७ हजार ४ सय ५९ पुगेको छ । अमेरिका कोरोनाका कारण विश्वमै सबैभन्दा बढी प्रभावित बनेको छ ।

यसैबीच अमेरिकाको स्वास्थ्य विभागले रोग नियन्त्रण तथा रोकथामका केन्द्रका लागि ६ सय १३ डलर थप रकम विनियोजन गरेको छ । स्थानीय तह र राज्य सरकारका लागि कोरोना विरुद्धको लडाइमा आवश्यक पर्ने भएको विभागले यो रकम निकासा गरेको हो ।

अमेरिकाको जोन हपकिन्स विश्वविद्यालयका अनुसार विश्वव्यापी महामारी बनेको नोवेल कोरोना भाइरसका कारण विश्वभर संक्रमित हुनेको संख्या २७ लाख १४ हजार ९ सय ४२ पुगेको छ । यस्तै कोरोनाका कारण हालसम्म १ लाख ९० हजार ३ सय ९५ जनाको मृत्यु भएको छ भने ७ लाख ४४ हजार ९ सय ६१ ज्ना स्वस्थ भएका छन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts