बंगलादेशका २ सय ५१ जना डाक्टरमा कोरोना संक्रमण, पीपीई बिनै उपचार गर्दै



Download our app to get more features

बंगलादेश, १२ वैशाख । विश्वव्यापी महामारी बनेको नोबेल कोरोना भाइरसका कारण बंगलादेशका दुई सयभन्दा बढी स्वास्थ्यकर्मी संक्रमित भएका छन् । 

कोरोना संक्रमितको उपचारमा अग्रस्थानमा रहेर काम गर्ने बंगलादेशका २ सय ५१ जना चिकित्सकमा कोरोना पुष्टि भएको हो । बंगलादेश चिकित्सक प्रतिष्ठानका अनुसार व्यक्तिगत सुरक्षा उपकरण अभावका कारण डाक्टरहरु कोरोनाका कारण संक्रमित भएका छन् । 

बंगलादेशको राजधानी ढाकामा मात्रै हालसम्म २ सय चिकित्सक कोरोनाका कारण संक्रमित भएका छन् । हालसम्म बंगलादेशमा कोरोनाका कारण संक्रमित हुनेको संख्या ३७ सय ७२ पुगेको छ भने १ सय २० जनाको मृत्यु भइसकेको बंगलादेशको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

बंगलादेशको बीआरएसी विश्वविद्यालयमा हालै गरिएको एक सर्वे अनुसार त्यहाँका २५ प्रतिशत चिकित्सक र नर्सहरु पीपीई अभावमा काम गरिरहेका छन् । 

पीपीईबिना काम गर्ने डाक्टरबाट बिरामीलाई झन् बढी जोखिम हुने भएकाले उनीहरुलाई गुणस्तरीय पीपीई उपलब्ध गराउन बंगलादेश चिकित्सक प्रतिष्ठानले भनेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts