अपडेट

कोविड–१९ विरुद्धको खोप बनाउने डब्लूएचओको अपिलमा अमेरिका सहभागि नहुने



Download our app to get more features

काठमाडौं, १३ वैशाख । अमेरिकी वैज्ञानिकहरुले सूर्यको किरणले कोरोना भाइरसलाई कमजोर बनाउने दावी गरेको छ ।

पुरै विश्वमा कोरोनाको महामारी जारी रहेको बेला यसबाट जोगिन विभिन्न मुलुकमा विभिन्न उपायहरु अपनाइरहेका छन् । संसारभरका वैज्ञानिकहरु इसको औषधि र खोप पत्ता लगाउने प्रयासमा जुटेका छन् । तर, अहिलेसम्म यसको कुनै ठोस नतिजा भने आएको छैन । यसबीचमा अमेरिकाका केहि अध्ययनकर्ताले कोरोना भाइरस सूर्यको किरणमा कमजोर हुने दावी गरेको छन् । 

अमेरिकी अधिकारिहरुले बिहीवार यो अध्ययनको बारेमा जानकारी सार्वजनिक गर्दै भनेका थिए  कि सूर्यको किरणको सम्पर्कमा आउनासाथ कोरोना भाइरस नष्ट भएर जान्छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सिक्योरिटी (डीएचएस) को रिपोर्टमा यो खुलाइएको बताए ।

उनले रिपोर्टमा गरिएको अध्ययनबारे जानकारी दिँदै भने निकै नै खतरनाक यो भाइरस चिसो र र ओसिलो वातावरणमा राम्रोसँग जीवित रहन्छ, तर तातो र आद्रता भएको वातावरणमा  राम्रोसँग जीवित हुन पाउँदैन । डीएचएसमा विज्ञान र प्रौद्योगिका निर्देशालय प्रमुख बिल ब्रायनलेपनि कोरोना भाइरस घाम र आद्रता (हावामा वास्पको मात्रा) भएको वातावरणमा आउनाले तीव्रगतिमा नष्ट भएर जान्छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले योपनि सचेत गराए की यो अध्ययनको नतिजामा सावधानी अपनाउनु भने आवश्यक छ । 

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस विरुद्धको खोप र औषधि पत्ता लगाउने काममा तीव्रता दिन आफ्नो सहयोगी राष्ट्रहरुलाई आग्रह गरेको छ । 

विश्वव्यापी महामारी बनेको नोवेल कोरोना भाइरसका कारण लाखौं मानिस संक्रमित भइरहेको हुनाले यस विरुद्ध खोप र औषधि पत्ता लगाउन संगठनसँग आवद्ध सबै पार्टनरहरुलाई आग्रह गरेको हो । 

संगठनका प्रमुख डा.टेड्रोस अधोनम घेब्रेयससले महामारीलाई नियन्त्रण गर्न औषधि र खोपको विकास अत्यावश्यक भएकाले सबै सम्बन्धीत पार्टनरलाई यसमा एकाग्र भएर लाग्न आग्रह गरेका छन् । 

विश्वका सबै देशहरु खोप र औषधि मिलेर बनाउने प्रयासमा एक जुट हुने बताइरहँदा संयुक्त राज्य अमेरिकाले भने विश्व स्वास्थ्य संगठनको खोप र औषधि बनाउने काममा सहभागिता नजनाउने भएको छ । 

संगठनसँग असन्तुष्ट रहेको अमेरिकाले शुक्रवार संगठनले गरेको आग्रहलाई अस्विकार गरेको हो । अमेरिका विश्व स्वास्थ्य संगठनलाई सबैभन्दा ठूलो आर्थिक सहयोग गर्ने मुलुक हो । तर, पछिल्लो समय अमेरिका संगठनसँग असन्तुष्ट हुँदै संगठनलाई दिँदै आएको आर्थिक सहयोग रोक्ने निष्कर्समा पुगेको छ ।

कतारमा पछिल्लो २४ घन्टामा ७ सय ६१ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । यो खाडी मुलुकको हालसम्मकै उच्च संक्रमित संख्या हो । योसँगै कतारमा कोरोनाका कारण संक्रमित हुनेको संख्या ८ हजार ५ सय २५ पुगेको छ भने १० जनाको मृत्यु भएको छ ।

न्यूयोर्क राज्यका गभर्नर एन्ड्रयू कौमोले कोरोना भाइरस पहिलो पटक युरोपबाट आएको दावी गरेका छन् । उनले आफ्नो राज्यमा देखिएको कोरोना संक्रमित युरोपका बासिन्दा भएको भन्दै चीनमा यात्राबन्द गरिसकेको हुनाले अमेरिकामा देखिएको कोरोना युरोपका नागरिक भएको दावी गरेका हुन् । अमेरिका कोरोनाका कारण सबैभन्दा बढी प्रभावित बनेको छ । त्यहाँ मात्रै कोरोनाका कारण ५० हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या ८ लाख ९० हजार नाघेको छ ।

लेवनान सरकारले कोरोनाको जोखिमलाई ध्यानमा राखेर लकडाउनको समयावधि लम्ब्याउने भएको छ । लेवनानको डिफेन्स काउन्सिलले आउने केहि समय कठिन हुने भन्दै लकडाउनको समयावधि थप गर्ने जनाएको छ । लेवनानमा हालसम्म कोरोनाका कारण २२ जनाको मृत्यु भएको छ भने ६ सय ९६ जना संक्रमित भएका छन् ।

नेदरल्याण्डमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ३६ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा ८ सय ६ जना नयाँ संक्रमित थपिएसँगै त्यहाँ कोरोना संक्रमितको संख्या ३६ हजार ५ सय ३५ पुगेको छ । यस्तै पछिल्लो २४ घन्टामा त्यहाँ १ सय २२ जनाको मृत्यु भएको छ । योसँगै त्यहाँ कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४२ सय ८९ पुगेको नेदरल्याण्ड सरकारले जनाएको छ ।

अमेरिकी विश्वविद्यालय जोन हपकिन्सका अनुसार कोरोनाभाइरसका कारण विश्वभर संक्रमित हुनेको संख्या २८ लाख २९ हजार ८ सय ६८ पुगेको छ । यस्तै मृत्यु हुनेको संख्या १ लाख ९७ हजार २ सय ४३ पुगेको छ भने संक्रमित भएकामध्ये ७ लाख ९८ हजार २ सय ४३ जना स्वस्थ भएर घर फर्किएका छन् ।

Last modified on 2020-04-25 07:06:11


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts