क्यूबाले कोरोनाविरुद्धको लडाइका लागि १९ मुलुकमा पठायो मेडिकल टिम, विश्वभर प्रशंसा



Download our app to get more features

एजेन्सी, १४ वैशाख । क्यूबाले पछिल्लो दुई सातामा कोरोनाको उपचार गर्नेगरी १९ मुलुकमा मेडिकल टोली पठाएको छ । अमेरिकाको प्रतिबन्धका बाबजुद क्यूबा अहिले पनि कोविड–१९ विरुद्धको लडाइमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ । क्यूबाले इटली, एन्डोरा, अंगोला, जमाइका, मेक्सिको र भेनेजुएलासहित १९ मुलुकमा नयाँ मेडिकल टिम पठाएको हो । जसमा ९ सय जना डाक्टर र नर्सहरु छन् ।

त्यसबाहेक अर्जेन्टिना र स्पेन जस्ता देशको अनुरोधमा निर्णय लिने तयारीमा छ । क्यूबाको मेडिकल टिमले यसअघि पनि विभिन्न विपद्का बेला मानिसको ज्यान जोगाउने काम गरेको छ । श्रीलंकामा सन् २००४ मा गएको सुनामी, पाकिस्तानमा सन् २००५ गएको भूकम्प र सन् २००६ मा इन्डोनेशियामा गएको भूकम्पको बेला पनि क्यूबाले उद्धार र उपचार टोली खटाएर सेवा दिएको थियो । 
सन् २००६ मा इन्डोनेशियामा गएको क्यूबाको स्वास्थ्यकर्मीको टोलीका सदस्य डाक्टर अस्कर पतोलले आफ्नो अभियानको बारे रोयटर्ससँग भनेका थिए, ‘आज ज्वालामुखी, भोली भूकम्प र त्यसपछि फेरि बाढी पहिरो वा महामारी आओस, क्यूबा हरेक प्रकारको सेवा दिन तयार छ ।’

कोरोना भाइरसका कारण निकै नराम्रोसँग प्रभावित इटलीमा क्यूबाले ५२ जना डाक्टर र नर्स पठाएर मद्दत गरेको छ। खराब अवस्थामा काम गर्ने बानी परेका क्यूबाका डाक्टर र नर्सले इटलीमा पनि बहुमूल्य योगदान गरेका छन् । करिब ६० वर्षदेखि क्यूबा पूरा विश्वमा आफ्नो डाक्टर र नर्सलाई पठाएर सहयोग गर्दै आएको छ ।
समस्यामा परेकाहरुका लागि मद्दत गर्ने उदेश्यका साथ क्यूबाले यो काम गरे पनि यसलाई मदत मेडिकल डिप्लोमेसीको नाम पनि दिइएको छ । जसले गर्दा अमेरिकाको बन्देज पनि झेलिरहेको क्यूबालाई आर्थिक सहयोग पनि प्राप्त भइरहेको छ । क्यूबाले शनिवार दक्षिण अफ्रिकामा १ सय १६ जना स्वास्थ्यकर्मीको टोली पठाएको छ । वामपन्थी शासन व्यवस्था रहेको क्यूबाले अफ्रिका र क्यारिबियाई मुलुकमा पनि १२ सय स्वास्थ्यकर्मीको टोली पठाएको छ । 

क्यूबाली स्वास्थ्यकर्मीलाई अस्वीकार गर्न अमेरिकी राष्ट्रपतिको आग्रह
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले विश्वरभरसँग आग्रह गरेको छ की क्यूबाका स्वास्थ्यकर्मीलाई स्वीकार नगर्नु भनेर । उसो त क्यूबाले जुन मुलुकमा आफ्नो स्वास्थ्यकर्मीलाई पठाएका छन् त्यहाँ उसको भव्य स्वागत भएको छ । क्यूबामा कोरोना भाइरस कारण हालसम्म १३ सय ३७ जना संक्रमित भएका छन् । यहाँ ५१ जनाले ज्यान गुमाइसेका छन् । क्यूबामा प्रति व्यक्ति डाक्टरको उपलब्धता सबैभन्दा बढी छ । क्यूबाको स्वास्थ्य सेवा प्रणाली विश्वभर फैलिएको महामारीसँग लड्नमा प्रशंसा हुने गरेको छ ।

दक्षिण अफ्रिकाका स्वास्थ्य मन्त्री जÞ्वेली मखीजले भने,  ‘क्यूबाको सबैभन्दा राम्रो कुरा भनेको यहाँ सामुदायिक स्वास्थ्य सेवा छ र हामी यो मोडेललाई मन पराउँछौं ।’ दक्षिण अफ्रिकामा कोरोना भाइरसका कारण हालसम्म ४ हजार ३ सय ६१ ज्ना संक्रमित भएका छन् । र ८६ जनाको मृत्यु भएको छ । दक्षिण अफ्रिाका र क्यूबाबीच विशेष सम्बन्ध रहँदै आएको छ । क्यूबाको सैनिकले दक्षिणी एंगोलामा युद्ध लडेको थियो र नेल्सन मन्डेलालाई जेलबाट मुक्त गराउनमा मद्दत गरेको थियो ।

Last modified on 2020-04-26 16:21:01


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts