भारतमा तीन महिने शिशुले कोरोनालाई जितिन



Download our app to get more features

एजेन्सी, १५ वैशाख । भारतको उत्तर प्रदेश गोरखपुरमा एक तीन महिने शिशुले कोरोनाविरुद्धको लडाइ जितेका छन् । गोरखपुर जिल्लाको बीआरडी मेडिकल कलेजमा उपचाररत तीन महिने शिशुलाई हिजो आइतबार अस्पतालबाट डिस्चार्ज गरिएको हो । शिशुको मेडिकल कलेज प्रशासन र स्टाफले ताली बजाएर बिदाई गरेका थिए । 

बस्ती मन्डलका एक कोरोना संक्रमित व्यक्तिको मृत्युपछि ती नवजात शिशुलाई बीआरडी मेडिकल कलेजमा केहि दिनअघि भर्ना गरिएको थियो । संक्रमित व्यक्ति शिशुको सम्पर्कमा आएपछि शिशुमा कोरोना पुष्टि भएको थियो । बीआरडी मेडिकल कलेजका अनुसार तीन महिने शिशुमा कोरोना पुष्टि भएपछि उसलाई कोरोना वार्डमा राखिएको थियो ।

स्कटल्याण्डका तीन साताको शिशुले पनि कोरोनालाई जितिन
स्कटल्याण्डका तीन साताको एक शिशुले कोरोनालाई जितेकी छिन् । समयभन्दा पहिले नै जन्मिएको शिशुको तौल मात्र साढे एक किलो थियो । २६ मार्चमा जन्मिएको ती शिशुमा जन्मिएको केही दिनमै कोरोनाको लक्षण देखिएको थियो । 

छोरीलाई कसरी कोरोना संक्रमण देखियो र यति सानो उमेरमा उसले कसरी कोरोना भाइरसँग लड्न सक्लिन् भन्ने चिन्ताले उनका अभिभावकलाई चिन्ताले सताएको थियो । शिशुलाई श्वासप्रश्वासमा सहज होस् भनेर स्टेरोयड दिइएको थियो । 

अस्पतालको आइसोलेशनमा १४ दिन उपचार गरिएको ती शिशुको स्वास्थ्य सुधार भएको र कोरोना संक्रमणपनि नरहेको पुष्टि भएपछि डाक्टरले तीनलाई डिस्चार्ज गरेका थिए ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts