कोरोना भाइरसका कारण बेलायतमा मात्रै एक लाखको मृत्यु हुने चेतावनी 



Download our app to get more features

एजेन्सी, १५ वैशाख । वैज्ञानिकहरुले सन् २०२० को अन्त्यसम्ममा बेलायतमा कोरोना भाइरस (कोभिड–१९) का कारण एक लाखभन्दा बढीको मृत्यु हुन सक्ने चेतावनी दिएका छन् । बेलायतको इम्पेरियल कलेज लण्डनका वैज्ञानिकहरुले गरेको अध्ययनमा सन् २०२० को अन्त्यसम्ममा एक लाखभन्दा बढी मानिसको मृत्यु हुने चेतावनी दिएको हो ।

कलेजका प्राध्यापक नील फग्र्यूसनले संक्रमणको खतरा ८० प्रतिशत कम गरिएपछि मात्रै स्वास्थ्य अवस्था कमजोर भएका र वृद्धवृद्धाको संख्यामा कमी आउने बताए । उनले कोरोना भाइरसका कारण बेलायतका स्याहार केन्द्र र वृद्धाश्रममा रहेकाहरुको अत्यधिक संख्यामा मृत्यु भएको बताए । यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्नेमा सरकारले हालसम्म कुनै निर्णय गर्न नसकेकाले अवस्थाले झन्ै बिग्रिन सक्ने उल्लेख गरे । बेलायतमा हालसम्म कोरोनाका कारण २० हजार तीन सयभन्दा बढीको मृत्यु भएको छ भने एक लाख ४९ हजारभन्दा बढी संक्रमित छन् । 

फ्रान्समा एक लाख मास्क बरामद
फ्रान्समा कालो बजारी गर्नका लागि जम्मा गरिएको एक लाखभन्दा बढी मास्क प्रहरीले नियन्त्रणमा लिएको छ । फ्रान्स प्रहरीका अनुसार पेरिसको उत्तरी क्षेत्रमा रहेको सेन्ट डेनिसबाट एक लाख ४० हजार थान फेस मास्क नियन्त्रणमा लिइएको हो । कोरोना भाइरसको महामारी फैलिँदै गएपछि फ्रान्समा सबैलाई मास्क लगाउन अनिवार्य गरिएपछि महंगोमा मास्क बिक्री गर्नका राखिएको र सोही मास्क प्रहरीले नियन्त्रणमा लिइएको हो । फ्रान्समा हालसम्म कोरोनाका कारण २२ हजार ६ सय ४८ जनाको मृत्यु भएको छ भने एक लाख ६१ हजारभन्दा बढी संक्रमित भएका छन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts