अपडेट

भारतमा कोरोना संक्रमितको संख्या ३० हजार नाघ्यो, स्पेनमा लकडाउन खुकुलो बनाइने



Download our app to get more features

काठमाडौं, १७ वैशाख । पछिल्लो पटक कोरोना भाइरसको केन्द्रबिन्दु बनेको दक्षिणपूर्वी एसियाली मुलुक भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या एक हजार नाघेको छ । पछिल्लो २४ घन्टामा भारतमा ७० जनाभन्दा बढीको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या एक हजार ७ पुगेको हो । यस्तै कोरोना संक्रमितको संख्या ३१ हजार ३ सय ३२ पुगेको छ ।

स्पेनमा लगाइएको बन्दाबन्दी ४ चरणमा हटाइने भएको छ । स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले स्पेनमा लगाइएको बन्दाबन्दीलाई मेदेखि जुन महिनाको अन्त्यसम्म गरि ४ चरणमा हटाइने तयारी गरिएको बताए । उनले प्रत्येक क्षेत्रमा कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गर्दै फरक फरक तरिकाले बन्दाबन्दीलाई हटाइने बताए । इटलीपछि युरोपमा सबैभन्दा बढी मानवीय क्षति स्पनेमा भएको छ । हालसम्म त्यहाँ कोरोनाका कराण २४ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने संक्रमित हुनेको संख्या २ लाख ३२ हजारभन्दा बढी पुगेको छ ।

विश्वमै सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा कोरोनाका कारण संक्रमित हुनेको संख्या १० लाख नाघेको छ । अमेरिकी विश्वविद्यालय जन हपकिन्सका अनुसार अमेरिकामा हालसम्म १० लाख ११ हजारभन्दा बढी मानिसहरु संक्रमित भइसकेका छन् । यस्तै अमेरिकामा कोरोनाको कारण मृत्यु हुनेको संख्या ५८ हजार २३ सय ३५ पुगेको छ । यसैबीच अमेरिकाका उपराष्ट्रपति माइक पेन्स मास्क बिना अस्पतालको अनुगमनमा जाँदा विरोध भएको छ । मायो अस्पतालमा उपचाररत बिरामीको स्वास्थ्यको जानकारी लिन जाँदा मास्क नलाएर उपराष्ट्रपति माइक अस्पतालमा आएको भन्दै त्यसको विरोध गरिएको हो । 

रूसका राष्ट्रपति भ्लादिमीर पुटिनले कोरोना भााइरसका लागि चाहिले व्यक्तिगत सुरक्षा उपकरणको अभाव भएको स्किारेका छन् । उनले कोरोना भाइरसको उपचारमा खटिने स्वास्थ्यकर्मी र अन्य कर्मचारीका लागि अहिले देशमै प्रत्येक दिन एक लाख प्रोटेक्टिव सूट तयार गरिँदैछ तर पनि अभाव हुन थालेको बताए । 

राष्ट्रपति पुटिले पछिल्लो समय मुलुकमा कोरोना संक्रमितको संख्या तीव्र गतिमा बढ्न थालेको भन्दै सबैलाई सचेत रहन भनेका छन् । उनले रुसमा कोरोनाको दर उच्च हुन थालेकोले मुलुकमा जारी गरिएको लकडाउनलाई ११ मे सम्मका लागि बढाइएकोपनि घोषणा गरेका छन् ।

रूसमा एकैदिन ६४ सय ११ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । यो संख्या चीन र ईरानकोभन्दा पनि बढि रहेको बताइएको छ । योसँगै रुसमा कोरोनाका कारण संक्तमित हुनेको संख्या ९३ हजार ५५८ पुगेको छ । सबैभन्दा बढी मस्कोमा कोरोनाका कारण मानिस प्रभावित भएका छन् भने मृत्यु हुनेको संख्या ८ सय ६७ पुगेको छ । 

विश्वव्यापी महामारी बनेको नोवेल कोरोना भाइरसका कारण विश्वभर संक्रमित हुनेको संख्या ३१ लाख नाघेको छ । अमेरिकी विश्वविद्यालय जन हपकिन्सका अनुसार कोरोनाका कारण हालसम्म संक्रमित हुनेको संख्या ३१ लख ४० हजारभन्दा बढी छ । संक्रमित भएका मध्ये १० लाखभन्ला बढी स्वस्थ भएका छन् भने कोरोना कारण विश्वभर मृत्यु हुनेको संख्या २ लाख १८ हजार नाघेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts