अपडेट

कोरोना संक्रमित परिवारको जानकारी नदिएको भन्दै मेक्सिकोमा अस्पताल बाहिर प्रदर्शन



Download our app to get more features

काठमाडौं, २१ वैशाख । भारतमा कोरोनाका कारण संक्रमित हुनेको संख्या ३७ हजार नाघेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्ला २४ घन्टामा २४ सय ११ नयाँ कोरोना संक्रमित फेला परेका छन् भने ७१ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना संक्रमितको संख्या ३७ हजार ७ सय ७६ पुगेको छ । यस्तै १२ सय २३ जनाको मृत्यु भएको छ । 

कोरोना भाइरसका कारण संक्रमित भएका भारतको पूर्व उच्च न्यायाधीश अजय कुमार त्रिपाठीको मृत्यु भएको छ । लोकपाल सदस्य समेत रहेका न्यायाधीश त्रिपाठीको ६७ वर्षको उमेरमा शनिवार निधन भएको हो । गत अप्रिल महिनामा कोरोना संक्रमण पुष्टि एपछि उनको उपचार दिल्लीस्थित एम्स ट्रमा सेन्टरमा भइरहको थियो ।

बेलायत युरोपको सबैभन्दा बढी मानवीय क्षति व्यहोर्ने तर्फ अग्रसर बनेको छ । पछिल्लो २४ घन्टामा त्यहाँ कोरोना भाइरसका कारण ६ सय २१ जनाको मृत्यु भएसँगै देशभर मृत्यु हुनेको संख्या २८ हजार १ स य ३१ पुगेको छ । यस्तै संक्रमितको संख्या १ लाख ८२ हजारभन्दा बढी छ । युरोपको सबैभन्दा बढी प्रभावित मुलुक इटलीमा हालसम्म कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २८ हजार ७ सय १० पुगेको छ भने २ लाखभन्दा बढी संक्रमित छन् ।

यसैबीच बेलायतमा लकडाउनको विरोध गर्दै मानिसहरु सडकमा उत्रिएका छन् । बेलायती नागरिकले मुलुकमा जारी लकडाउनको विरोध गर्दै एक अर्कासँग अंकमाल गरेका छन् । उनीहरुले बेलायतको प्रहरी मुख्यालय अगाडी “मेरो शरीर, मेरो निर्णय” लेखिएको प्ले कार्ड सहित विरोध गरेका थिए ।

फ्रान्समा २४ जुलाईसम्मका लागि आपातकाल बढाइने भएको छ । प्र्रmान्सको स्वास्थ्य मन्त्री ओलिभेयर वेरनले सोमवार यो विषयमा संसदमा प्रस्ताव लगिने बताए । उनका अनुसार २४ मार्चबाट सुरु भएको लकडाउन हटाउने सरकारको कुनै योजना छैन । फ्रान्समा कोरोना भाइरसका कारण एक लाखभन्दा बढी नागरिक संक्रमित छन् भने २४ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।
 
कोरोना भाइरसको महामारीबाट प्रभावितका लागि ह्यारी पोटरका लोखिका जे.के रोलिंगले १० लाख पाउण्ड दान गर्ने घोषणा गरेकी छिन् । 

स्पेनमा भोलिदेखि पब्लिक ट्रान्सपोर्टमा मास्क लगाउन अनिवार्य गरिएको छ । स्पेन सरकारको योजना अनुसार ४ मेदेखि स्पेनमा जारी लकडाउनलाई खुकुलो बनाइने छ । प्रधानमन्त्री पेड्रो साञ्चेजले ६० लाख मास्क ट्रान्सपोर्ट लोकेशनमा बाँड्ने र ६० लाख मास्क स्थानीय अधिकारिलाई दिइने बताए ।

यसअघि शनिवार सात हप्तापछि पहिलोपटक स्पेनका वयस्कहरुलाई घरबाट बाहिर निस्कने दिइएको थियो । गएको साता १४ भनदा कम उमेरका बालबालिकालाई घरबाट बाहिर निस्कन दिइएको थियो । स्पेन सरकारले ४ चरणमा मुलुकमा जारी लकडाउन हटाउने तयारी गरेको छ । स्पेनमा हालसम्म कोरोनका कारण २४ हजार ५ सय ४३ जनाको मृत्यु भइसकेको छ भने २ लाखभन्दा बढी संक्रमित छन् । 
 
कोरोना भाइरस महामारीको विरुद्ध अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको रणनीतिबारे जाँच गर्न वरिष्ठ डा.एन्थोनी फाउचीलाई वयानमा रोक लगाइएको छ । काँग्रेस कमिटीका वरिष्ठ स्वास्थ्य सल्लाहकार डाक्टर एन्थोनी फÞाउचीलाई ट्रम्प प्रशासनले बयान दिन व्हाइट हाउसले रोक लगाएको हो ।

डेमोक्रेटिक नेतृत्वको हाउस अफ रिप्रेजेन्टेटिभको एक उप समितिले ट्रम्प प्रशासनले कोरोना विरुद्धको लडाइमा अपनाएको रणनीतिबारे जाँच गर्दै ६ मे मा सुनुवाईका लागि पाउचीलाई बयानका लागि बोलाउने भनेको थियो । महामारीको विरुद्ध ट्रम्प सरकारले अपनाएको रणनीतिको डेमोक्रेट्सले निरन्तर विरोध गर्दै आएको छ । अमेरिकामा हालसम्म कोरोना कारण ६५ हजार ६ सयभन्दा बढीको मृत्यु भइसकेको छ भने ११ लाखभन्दा बढी संक्रमित भएका छन् । 

यसैबीच फिलिपिन्समा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि त्यहाँको जेलमा रहेका १० हजार कैदीबन्दीलाई रिहा गर्न लागिएको छ । फिलिपिन्सको सर्वाेच्च अदालतको आदेश अनुसार जेलमा रहेका कैदीहरु कोरोनाको उच्च जोखिममा रहेको भनदै त्यहाँको सरकारले १० हजार कैदीलाई रिहा गर्न लागेको हो । फिलिपिन्समा हालसम्म कोरोनका कारण ६ सयभन्दा बढीको मृत्यु भइसकेको छ भने ९ हजार संक्रमित भएका छन् ।

मेक्सिकोमा मानिसहरुले अस्पताल बाहिर प्रदर्शन सुर गरेका छन् । कोरोनाका कारण उपचाररत आफ्नो परिजनको स्वास्थ्य अवस्थाबारे अस्पतालले कुनै जानकारी नदिएको भन्दै त्यहाँका नागरिकहरुले अस्पताल बाहिर प्रदर्शन सुरु गरेका हुन् । मेक्सिकोमा कोरोनाका कारण हालसम्म २० हजारभन्दा बढी संक्रमित भएका छन् भने २ हजारको मृत्यु भएको छ ।

अमेरिकी विश्वविद्यालय जन हपकिन्सका अनुसार विश्वव्यापी महामारी बनेको नोेवेल कोरोना भाइरस अर्थात् कोविड १९ का कारण हालसम्म विश्वभर ३५ लाखभन्दा बढी नागरिक संक्रमित भएका छन् भने साढे २ लाख नागरिकको मृत्यु भएको छ । कोरोनाका कारण संक्रमितमध्ये ११ लाखभन्दा बढी स्वस्थ भइसकेका छन् ।

रुसमा एकैदिन १० हजार नयाँ कोरोना संक्रमित फेला परेका छन् । योसँगै त्यहाँ कोरोना संक्रमितको संख्या एक लाख २४ हजार नाघेको छ भने मृत्यु हुनेको संख्या १३ सय नजिक पुगेको छ ।

Last modified on 2020-05-03 08:14:58


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts