भारतमा कोरोना भाइरसका साढे १० हजार बिरामी निको भए



Download our app to get more features

एजेन्सी, २१ वैशाख । कोरोना भाइरस (कोभिड–१९) महामारी विश्वभर कायमै छ । विश्वभरमा कोरोना भाइरसका कारण दुई लाख ४३ हजार भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ भने ३४ लाख ८५ हजार भन्दा बढी संक्रमित भइसकेका छन् ।

कोरोना भाइरस महामारीको धक्का एसियाली मुलुकमा पनि देखिन थालिसकेको छ । चीनको वुहान शहरबाट गत वर्षको ३१ डिसेम्बरमा देखिएको कोरोना चार महिनाको बीचमा विश्वभर मात्रै पुगेन झण्डै साढे दुई लाख सर्वसाधारणको ज्यान लिइसकेको छ । 

यसैबीच नेपालको छिमेकी देश भारतमा पनि कोरोना संक्रमितको संख्या ३९ हजार ९ सय ८० पुगेको छ । समाचार तयार पार्दासम्म यहाँ मृत्यु हुनेको संख्या १३ सय एक छ भने कोरोना भाइरसमुक्त हुनेको संख्या पनि १० हजार ६ सय ३२ छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्री डा. हर्षवर्धनका अनुसार एक साता अघिसम्म संक्रमितको संख्या दोगुना हुन जम्मा साढे १० दिन लाग्थ्यो । तर अहिले यो अवधि लम्बिएको छ । अब संक्रमितको संख्या दोगुना हुन १२ दिन लाग्न थालेको छ । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts