विदेशमा रहेका नेपाली विद्यार्थी र सर्वसाधारणलाई ल्याउन नेपाल चिकित्सक संघको माग


Download our app to get more features
Spark_health_home Blue Bird International Clinic

काठमाडौं, ३१ वैशाख । नेपाल चकित्सक संघले उच्च शिक्षा अध्ययन र रोजगारीका सिलसिलामा विदेश गएकाहरूलाई आवश्यक प्रक्रिया पुरा गरि नेपाल फर्काउन माग गरेको छ । संघले बुधबार एक विज्ञप्ति जारी गर्दै विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई कोरोना महामारीको आपतकालिन अवस्थामा अबिलम्ब स्वदेशमा ल्याई एकान्तवास राखि स्वास्थ्य परीक्षण पश्चात परिवारजनमा समावेश हुने व्यवस्था मिलाउन सरकार समक्ष माग गरेको हो । 

चिकित्साशास्त्र अध्ययनका लागि बंगलादेशमा गएका पाँच सय ६४ बिद्यार्थीको अवस्था अत्यन्तै दयनीय रहेको, त्यस्तै फिलिपिन्स, चीन, अष्ट्रेलिया, भारत, बेलायत, अमेरिकालगायतका मुलुकहरुमा रहेका नेपाली बिद्यार्थी र अरबियन मुलुकमा रोजगारका लागि गएका नागरिकहरुले नेपाल आउन सहजीकरण गरिदिन संघलाई आग्रह गरेको विज्ञप्तिमा उल्लेख छ । 
 

vayoda

Hamro Doctor Apps2

Hamro Doctor
ohm pharmaceuticals Kathmandu Cancer Center alka

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts