भारतको महाराष्ट्रमा मात्रै साढे ४१ हजार कोरोना भाइरस संक्रमित



Download our app to get more features

एजेन्सी, ९ जेठ । भारतको कुल कोरोना भाइरस संक्रमित मध्ये झण्डै आधा एउटै राज्यका छन् । भारतको व्यापारिक केन्द्रका रुपमा पनि चिनिने महाराष्ट (मुम्बई) मा मात्रै ४१ हजार भन्दा बढी कोरोना संक्रमित रहेको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

यस्तै दोस्रो स्थानमा तामिलनाडु र तेस्रो स्थानमा गुजरात र चौथो स्थानमा दिल्ली रहेको छ । चार राज्यमा मात्रै कुल ८० हजार एक सय ७३ संक्रमित फेला परिसकेका छन् भने दुई हजार पाँच सय १५ जनाको मृत्यु भइसकेको छ । 

केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी तथ्यांक अनुसार भारतमा पछिल्ले २४ घण्टामा ६ हजार ६८ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यो सहित भारतमा कोरोना संक्रमितको संख्या एक लाह १८ हजार चार सय ४७ पुगेको छ । मन्त्रालयका अनुसार शुक्रबार विहानसम्ममा भारतमा तीन हजार पाँच सय ८३ जनाको कोरोना संक्रमणका कारण ज्यान गइसकेको छ भने ४८ हजार पाँच सय ३४ व्यक्ति कोरोना मुक्त भइ घर फर्किएका छन् । 

महाराष्ट्रमा मात्रै कुल संक्रमितको संख्या ४१ हजार ६ सय ४२ छ । यहाँ १४ सय ५४ जनाको कोरोनाका कारण ज्यान गइसकेको छ भने ११ हजार सात सय २६ जना उपचारपछि घर फर्किएका छन् ।

Last modified on 2020-05-22 15:27:28


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts