प्रदेश २ मा ७ जनामा कोरोना संक्रमण पुष्टि



Download our app to get more features

काठमाडौं, १३ जेठ । प्रदेश नम्बर २ मा ७ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा सिरहाका ५, धनुषाका एक र रौतहटका एक गरि ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

संक्रमितहरु रौतहटका २२ वर्षका पुरुष, धनुषाका २२ वर्षका पुरुष, सिरहाका २५, २५, २९, २६ र एक जनाको उमेर समूह नखुलाइएका पुरुषहरु रहेका छन् ।

योसँगै प्रदेश नम्बर २ मा मात्रै कोरोना संक्रमितको संख्या २ सय ४० पुगेको छ ।

यस्तै पर्साको नारायाणी अस्पतालमा उपचाररत ४३ जना कोरोना संक्रमित स्वस्थ भएका छन् । अस्पतालमा उपचाररत सबै ४३ जना स्वस्थ भएपछि उनीहरुलाई सोमवार राति नै डिस्चार्ज गरिएको छ ।

Last modified on 2020-05-26 07:41:43


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts