भारतमा कोरोना संक्रमित दुई लाख नाघे, पछिल्लो २४ घण्टामा २१७ को मृत्यु



Download our app to get more features

एजेन्सी, २१ जेठ । भारतमा पछिल्लो २४ घण्टामा आठ हजार नौ सय नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै अब भारतमा कोराना संक्रमितको कुल संख्या दुई लाख नाघेको छ । यति मात्रै होइन भारत विश्वमा कोरोना संक्रमण धेरै हुने सात देशभित्र परेको छ । यस्तै कोरोना सक्रमणबाट भारतमा मृत्यु हुनेको संख्या कुल पाँच हजार आठ सय १५ पुगेको छ ।  

स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयद्वारा बुधबार जारी तथ्यांक अनुसार भारतमा कुल दुई लाख सात हजार ६ सय १५ जनामा कोराना संक्रमण पुष्टि भएको छ । यस्तै एक लाख तीन सय तीन जना कोरोना संक्रमणबाट मुक्त पनि भइसकेका छन् भने पछिल्लो २४ घण्टामा मात्रै दुई सय १७ जनाले कोरोना कै कारण ज्यान गुमाएका छन् । 

भारत सरकारका अनुसार भारतमा कोरोना संक्रमण व्यापक हुने सम्भावना निकै कम छ । सरकारले कोरोना रोकथाम तथा उपचारका लागि चालेका कदम उपयोगी सिद्ध भएका छन् । स्वास्थ्य मन्त्रालका सचिव लव अग्रवालका अनुसार सिर्फ संक्रमितको संख्याका अधारमा सातौं नम्बर भनेर मात्रै हुँदैन । विश्वका अन्य धेरै देश भन्दा भारतमा कोरोना रोकथाम र उपचार राम्रो छ । भारत जत्तिकै जनसंख्या भएका विश्वका १४ देश हेरौ जहाँ भारतमा भन्दा ५५ गुना बढी कोरोनाका कारण मृत्युभइरहेको छ । अग्रवालले भने, ‘कोरोना भाइरसका कारण हामी कहाँ मृत्युदर सिर्फ २.८२ प्रतिशत मात्रै छ । यो विश्वकै सबै भन्दा कम हो । विश्वभर कोरोना संक्रमणको मृत्युदर ६.१३ प्रतिशत छ ।’
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts