कोरोना अस्पताल सञ्चालन गर्न १७ डाक्टरसहित ४८ कर्मचारी माग


Download our app to get more features
Spark_health_home Blue Bird International Clinic Nepal Sarkar Swasthya Bima Board

धनगढी, १ असार । धनगढीमा कोरोना अस्पताल सञ्चालन गर्न सामाजिक विकास मन्त्रालयले १७ डाक्टरसहित ४८ कर्मचारीका लागि आवेदन खोलेको छ । मन्त्रालय मातहतको स्वास्थ्य निर्देशनालयले पाँच जना फिजिसियन, दुई जना एनेस्थिोलोजिष्ट, १० जना मेडिकल अधिकृत, ३० जना स्टाफ नर्स र एक जना बायोमेडिकल इन्जिनियरका लागि आवेदन खोलेको हो।

सेवा करारसम्बन्धी सूचना जारी गर्दै अस्पतालले इच्छुकलाई पाँच दिनभित्र दरखास्त पेश गर्न आग्रह गरेको छ। पाँच शैयाको आइसियूसहित धनगढीमा कोरोना अस्पताल सञ्चालन गर्न थप कर्मचारी माग गरिएको निर्देशनालयले जनाएको छ। 

vayoda

Hamro Doctor
Kathmandu Cancer Center alka

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts