चिकित्सा शिक्षा स्नातकोत्तर तहको सीट मिलान वैज्ञानिक र न्यायोचिन बनाउन माग


Download our app to get more features
Spark_health_home Blue Bird International Clinic Nepal Sarkar Swasthya Bima Board

काठमाडौं, ३ असार । नेपाल चिकित्सक संघले चिकित्सा शिक्षाको स्नातकोत्तर तह अध्ययन सीटको अनुपात मिलान वैज्ञानिक र न्यायोचित हुनुपर्ने माग गरेको छ ।

चिकित्सक संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘सीट अनुपात मिलानका क्रममा वस्तुस्थिति, शैक्षिक गुणस्तर, सिट संख्या, पूर्वाधार, अस्पतालको अवस्था, शिक्षण संस्स्थाको प्रकृति, भौगोलिक अवस्थिति, लगानी आदिलाई सुक्ष्म रुपमा मुल्यांकन गर्दै स्नातकोत्ततर अध्ययन गर्न इच्छुक सेवा ऐन, गैरसरकारी, प्रतिष्ठान, नेपाल प्रहरी, संशस्त्र प्रहरी बल, नेपाली सेना, सरकारी करारमा कार्यरत चिकित्सकहरुलाई वैज्ञानिक तवरले न्यायोचित हुने गरी सीट अनुपात मिलाउन माग गर्दछौं ।’ 

vayoda

नेपाल मेडिकल काउन्सिलका अनुसार नेपालमा जम्मा २६ हजार तीन सय ४६ चिकित्सक छन् । त्यसमध्ये स्नातकोत्तर तह अध्ययन गरी विशेषज्ञ चिकित्सकको रुपमा दर्ता भएका चिकित्सकको संख्या सात हजार सात सय ५८ मात्रै छ । यो तथ्यांकले नेपालमा स्नातकोत्तर तह अध्ययनको सीट संख्या ज्यादै न्यून रहेको जनाउँछ । त्यसमाथि पनि एमबिबिएस÷बिडिएस अध्ययनपछि स्तानकोत्तर अध्ययनमा समान अवसर नपाउँदा नेपालमा विशेषज्ञ चिकित्सको संख्या अत्यन्त न्यून भएको संघको भनाइ छ ।  

Hamro Doctor
Kathmandu Cancer Center alka

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts Aayurveda_bivag