अपडेट

एचआईभीका लागि प्रयोग हुने औषधि कोरोना संक्रमितको उपचारका लागि परीक्षण गर्ने तयारी

यस्तो छ विश्वका केही गतिविधि



Download our app to get more features

एजेन्सी, ५ असार । विश्व स्वास्थ्य संगठनले एचआईभी संक्रमितका लागि प्रयोग हुने औषधिलाई कोरोना संक्रमितको उपचारका लागि परीक्षण गर्ने तयारी गरेको छ । समाचार संस्था अल जजिराका अनुसार संगठनले कोभिड–१९ बिरामीहरूको उपचारका लागि एचआईभी संक्रमितका लागि दिइने औषधि लोपीनाभिर र रिटोनाभीरको संयोजनमा बनाइएको औषधिको परीक्षणको बारेमा तयारी गरिरहेको छ । संयुक्त राष्ट्र संघको एजेन्सीका प्रमुख वैज्ञानिक सौम्या स्वामिनाथनले कोभिड–१९ बिरामीहरूको उपचारको परीक्षणमा मलेरियामा प्रयोग हुने औषधि हाइड्रोक्सीक्लोरोक्विइनले कोरोना संक्रमितको उपचारमा कुनै फाइदा नभएको भन्दै परीक्षणमा रोक लगाएको बताइन् । विश्व स्वास्थ्य संगठनले रोक लगाएपछि अबएचआईभी संक्रमितको उपचारमा प्रयोग हुने औषधिको विशेषमा अध्ययन भइरहेको भन्दै उनले यो विषयमा संगठनले थप अध्ययन गरिरहेको पनि बताइन् ।

यसैबीच विश्व स्वास्थय संगठनले यो वर्षको अन्त्यसम्ममा कोरोना भाइरस विरुद्धको लाखौं खोप बनिसक्ने बताएको छ । संगठनको प्रधान वैज्ञानिक सौम्या स्वामीनाथनले कोरोना भाइरस विरुद्धको खोप बनाउनु निकै कठिन भएको भन्दै वर्षको अन्त्यसम्मा खोप आइसक्ने दावी गरिन् । 

ब्राजिलमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ५० हजार नजिक पुगगेको छ । विश्वकै दोस्रो कोरोना प्रभावित मुलुक ब्राजिलमा हालसम्म कोरोना भाइरसका कारण १० लाखभन्दा बढी मानिसहरु संक्रमित भएका छन् ।
 
ईरानको स्वास्थ्य मन्त्रालयका अनुसार ईरानमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार नाघेको छ । ईरान सरकारद्वारा जारी तथ्यांक अनुसार ईरानमा हालसम्म कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या दुई लाख नाघिसकेको छ ।

भारतको राजधानी दिल्लीमा कोरोना परीक्षणको शुल्क घटाएर २४ सय तय गरिएको छ । भाइरसका कारण सबैभन्दा बढी प्रभावित राजधानी दिल्लीमा कोरोना परीक्षण शुल्क ४५ सयबाट घटाएर २४ सय निर्धारण गरिएको हो । दिल्ली सरकारले कोरोना परीक्षणको दायरा बढाउन भन्दै शुल्क कम गरेको हो । यस्तै दिल्ली सरकारले बिहीवारदेखि र्यापिड ऐन्टीजन टेस्टिंग शुरू गरेको छ । जसको प्रयोगबाट कोरोना परीक्षणको नतिजा केवल १५ मिनेटमा आउनेछ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ट्वीटगर्दै यसको जानकारी दिएका छन्  । दिल्लीमा कोरोना भाइरस संक्रमणको क्रम निरन्तर बढ्दै गएपछि बिहीवारबाट एन्टीजन टेस्टिंग सुरु गरिएको छ । 

जर्मनीमो पशु वधशालामा कोरोना भाइरस संक्रमण फैलिएपछि हजारौ मासिनहरु क्वारेन्टाइनमा बसेका छन् । जर्मनीको उत्तर–पश्चिममा रहेको गुटरस्लोमा मासु प्रोसेसिंग प्लान्टमा काम गर्ने ६ सय ५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ । काम गर्ने व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि प्लान्ट बन्द गरिएको छ । यस्तै प्लान्टमा काम गर्ने झन्डै १ हजारभन्दा बढीको कोरोना परीक्षण गरिएको छ ।

अमेजन वर्षावनका स्वदेशी रक्षकको रुपमा परिचित पलिन्हो प्याकनको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । ६५ वर्षका पलिन्हो सन् १८८० मे सम्म अन्तर्राष्ट्रीय स्तरमा चर्चामा आएका थिए । ब्राजिलको हाइड्रोप्रोजेक्टको विरोध गरेपछि चर्चामा आएका हुन् । 

अमेरिकामा पहिलो पटक एक व्यक्तिलाई मास्क नलगाएको भन्दै प्लेनबाट ओरालिएको छ । न्यूयोर्कबाट डल्लासका लागि उडान भर्न लागेको एक जहाजमा एक यात्रुले मास्क लगाउनबाट अस्विकार गरेपछि उनलाई जहाजबाट ओरालिएको हो । अमेरिकामा यसअघि यस्तो घटना भएको थिएन । अमेरिकामा मानिसहरुलाई अनिवार्य मास्क लगाउने सम्बन्धीकुनै नियमनभएपनि एयरलाइन्स कम्पनीहरुले आफू अनुसार नियमबनाएर उडान भर्दै आएका छन् ।

पाकिस्तानको सबैभन्दा बढी प्रभावित पञ्जाव प्रान्तमा‘स्मार्ट लकडाउन’ लागू गरिएको छ । १० करोडभन्दा बढी जनसंख्या रहेको पञ्जाव प्रान्तमा सरकारले नयाँनियम सहितको स्मार्ट लकडाउन जारी गरेको हो । कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिँदै गएपछि राजधानी लाहोरसमेत रहेको पञ्जाव प्रान्तमा स्मार्ट लकडाउनको घोषणा गरेको पाकिस्तानी स्वास्थ्य मन्त्रालयले जनाएको छ । पञ्जाव प्रान्तमा हालसम्म कोरोना भाइरसका कारण ६० हजारभन्दा बढी संक्रमित भइसकेका छन् । लकडाउन भएको क्षेत्रमा प्रहरीले आवतजावत गर्ने सबै क्षेत्रमा निगरानी बढाएको छ । आपतकालिन स्थितिमा एक घरबाट एक जना मात्रै बाहिर निस्कन पाउने छन् । बजार, शपिंगमल र रेस्टोरेन्ट पूर्ण रुपले बन्द गरिएको छ भने सरकारी र निजी कार्यालय पनि बन्द गरिएको छ ।

कजाकस्तानका पूर्व राष्ट्रपति नूरसुल्तान नजरबायेबमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आफूमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उनी सेल्फ आइसोलेसनमा छन् । उनका प्रवक्ता एडोस उकिबेयले ट्विटरमार्फत् पूर्व राष्ट्रपति नूरसुल्तानमा कोरोना संक्रमण देखिएपनि चिन्ताको विषय नरहेको बताएका छन् । बीबीसीका अनुसार कजाकस्तान सरकारले गत मे महिनामा देशमाजारी गरिएको लकडाउन अन्त्यको घोषणा गरेको थियो । तर, कोरोना संक्रमितको दर भने बढ्दै गएको छ । मुलुकमा फेरि कोरोना संक्रमणको दर बढ्द थालेपछि सरकारले फेरि लकडाउन जारी गर्ने तयारी गरेको छ । कजाकस्तानमा हालसम्म कोरोना भाइरसका कारण १६ हजार ८ सय भन्दा बढी संक्रमितभएका छन् भने एक सयभन्दा बढीको मृत्यु भइसकेको छ । लकडाउन हटाइएपछि त्यहाँ तीन गुणाले संक्रमित थपिएका हुन् ।

विश्वव्यापी महामारी बनेको नोवेल कोरोना भाइरसको कारण संक्रमित हुनेको संख्या ८५ लाख ७८ हजार नाघेको छ । अमेरिकी विश्व विद्यालय जन हपकिन्सका अनुसार हालसम्म ४ लाख ५६ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने ४५ लाख ३० हजारभन्दा बढी संक्रमित स्वस्थ भएका छन् ।

Last modified on 2020-06-19 14:54:57


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts