अपडेट

अक्सफर्ड विश्वविद्यालयले बनाएको कोरोना विरुद्धको खोपको मानव परीक्षण सुरु



Download our app to get more features

एजेन्सी, ११ असार । विश्व स्वास्थ्य संगठनले १० लाखका दरले विश्वभर कोरोना संक्रमितको संख्या बढ्दै गएकोमा चिन्ता व्यक्त गरेको छ । नियमित मिडिया ब्रिफिंगको क्रममा संगठनले विश्वभर कोरोना संक्रमित थपिँदै जाँदा अक्सिजनको कमी हुने भएकाले त्यस तर्फ सबैलाई सचेत गराएको छ । अबको केहि दिनमै कोरोना संक्रमितको संख्या एक करोडा पुग्ने भन्दै संगठनले कोरोनाका कारण संक्रमितमध्ये अधिकांशलाई अक्सिजनको अभाव हुने चेतावनी दिएको छ । संगठनका महानिर्देशक डा टेड्रोस एडहनोम घेब्रीयसोसले विभिन्न मुलुकमा अक्सिजन दिने मेसिनको कमी हुन थालेको भन्दै अक्सिजन दिने मेसिनको माग विश्वभर बढेको बताए । उनले संक्रमणको संख्यामा आएको वृद्धिले अक्सिजन दिने मेसिनको कमी भएको र कोरोनाका कारण संक्रमित व्यक्तिलाई श्वास लिनमा समस्या भइरहेको उल्लेख गरे । ट्रेडोसले भने, ‘विश्व स्वास्थ्य संगठनले अहिलेसम्म १४ हजार अक्सिजन दिने मेसिन खरिद गरिसकेको छ र केहि हप्तामा १ सय २० देशमा पठाइने योजना छ । साथै आउने ५ महिनामा एक लाख ७० हजार अक्सिजन दिने मेसिन खरिद गर्ने तयारी भइरहेको छ ।’

बेलायतमा कोरोना भाइरस विरुद्धको खोपको परीक्षणमा मानिसमा गर्ने तयारी सुरु भएको छ । बेलायतको इम्पेरियल कलेजमा ३ सय मानिसहरुमाथि कोरोना विरुद्धको खोपको परीक्षण गरिने भएको हो । इम्पेरियल कलेज लण्डनमा हुने यस परीक्षणको नेतृत्व प्राध्यापक रबिन स्टोकले गर्दैैछन् । स्टोकका अनुसार यस खोपको परीक्षण जनावरमाथि सफल भएको र यसले इम्यूनिटी पावरलाई राम्रो बनाउने काम गरेको छ । हाल संसारभर १ सय २० स्थानमा कोरोना भाइरस विरुद्धको खोप बनाउने काम भइरहेको छ । जसमध्ये १३ स्थानमा क्लिनिकल परीक्षण भएको छ । यी १३ स्थानमा पाँच चीन, तीन अमेरिका र दुई वटा बेलायतमा रहेको छ भने अस्ट्रेलिया, रूस र जर्मनीको एक एक स्थानमा पनि यसको परीक्षण जारी छ । तर, हालसम्म भएका परीक्षणमध्ये अन्तिम नतिजा आउन सकेको छैन ।

यसैबीच, ब्राजिल र दक्षिण अफ्रिकामा स्वयंसेवीहरुले कोरोना भाइरसको एक प्रयोगात्मक खोप लिन सुरु गरेका छन् । यो खोप बेलायतको अक्सफर्ड यूनिभर्सिटीका वैज्ञानिकहरुले बनाएका छन् । यस खोपको एस्ट्राजेनेकाको साथ बनाइएको हो । कोरोना महामारीको उपचारका लागि अक्सफर्ड यूनिभर्सिटीले बनाएको खोपको पहिलो मानव परीक्षण बुधवार अफ्रिकी र ल्याटिन अमेरिकी मुलुकमा सुरु भएको हो । ब्राजिलको साओ पालो स्थित फेडरेल यूनिभर्सिटीका अध्ययनकर्ताहरुले यो खोपको डोज स्वयंसेवीहरुलाई दिएका हुन्  । ब्राजिल र अफ्रिकी मुलुकमा कोरोना संक्रमण तीव्र गतिमा फैलिँदै गएकाले यसको परीक्षण ती मुलुकमा गरिएको हो ।

परीक्षण्मा सहभागि भएकामध्ये केही एचआईभी संक्रमित पनि छन् । उनीहरुमा कोरोना विरुद्धको खोप दिइसकेपछि १२ महिनासम्म अवलोकनमा राखिनेछ र कोभिड १९ को रोगबाट बचाउनमा खोप कति उपयोगी हुन्छ भन्ने कुराको पत्ता लगाइनेछ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts