विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा.टेड्रोसले जब आँशु थाम्न सकेनन्...

हेर्नुहोस भिडियोमा



Download our app to get more features

काठमाडौं, २९ असार । चीनको ठूलो शहरमध्येको एक वुहानको एक बजारबाट फैलिएको नयाँ कोरोना भाइरस जसको नामाकरण कोभिड–१९ गरियो । सन् २०१९ को अन्तिम डिसेम्बर ३१ मा देखिएको भाइरसका कारण वुहानमा मात्रै ५ हजारभन्दा बढीको मृत्यु भयो भने ८० हजारभन्दा बढी संक्रमित भए । 

चीनको एक शहरमा देखिएको संक्रमणका कारण मध्यपूर्व मुलुक ईरान, इटली हुँदै गत ७ महिनामा पुरै विश्व नै प्रभावित बनेको छ । ७ महिनामा भाइरसका कारण विश्वभर एक करोड ३० लाखभन्दा बढी मानिसहरु संक्रमित भइसकेका छन् भने ५ लाख ७१ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । 

महामारीलाई नियन्त्रण गर्नकालागि विश्वकै स्वास्थ्य निकायको जिम्मा पाएको विश्व स्वास्थ्य संगठनले विभिन्न प्रयासहरु गरिरहेको छ । विभिन्न अध्ययन र अनुसन्धानमा विश्व स्वास्थ्य संगठन सहित विश्वका विभिन्न मुलुकका वैज्ञानिकहरुले अनुसन्धान जारी गरेको राखेको छ । तर, भाइरसको विषयमा कुनै ठोस जानकारी प्राप्त हुन सकिरहेको छैन । कारण, सुरुमा एक प्रकारको लक्षण सहितको देखिएको कोरोना भाइरस पछिल्लो समय लक्षण परिवर्तन गर्दै गएको छ भने नेपाल, भारत सहितका विभिन्न मुलुकमा कोरोना संक्रमितमा लक्षण नै देखिँदैन । जसले गर्दा कोरोना संक्रमण झन् तीव्र गतिमा फैलिन थालेको छ ।

विश्व स्वास्थ्य संगठन सहित विश्वका विभिन्न मुलुकले अनेक प्रयास गरेपनि विश्वभर संक्रमित हुनेको दर बढ्दै गएको र मृत्यु हुने दरपनि बढ्दै जाँदा विश्व स्वास्थ्य संगठनले चिन्ता व्यक्त गरेको छ । 

अनेक प्रयासका बाबजुद महामारी नियन्त्रणमा आउन नसकेपछि संगठनका महानिर्देशक डा अड्होनम ग्रेबियसस निकै दुःखी बनेका छन् । संगठनका प्रमुख डा ट्ड्रोस महामारी नियन्त्रणमा आउन नसकेको भन्दै यति धेरै दुखी भएका छन् की तीन दिन अघिको मिडिया ब्रिफिंगमा उनले आफ्नो आँशु रोक्न सकेनन् । आँखाभरि आँशु भरिएका डा टेड्रोसले महामारीले कसैलाई पनि नछोडेको भन्दै मानिसहरुलाई अझै आफ्नो चपेटामा लिने क्रम जारी राखेको बताए । 

उनले भने, 'कोरोना महामारीका कारण हामीले आफ्नो प्रियजन, आफन्तलाई गुमाइरहेका छौं । यस महामारी विरुद्ध विश्व एक हुनु पर्नेमा सबै विभाजित बनेका छन् । यो समय सबै एकजुट भएर महामारीलाई हराउनुपर्नेमा सबैले आ आफ्नै तरिकाले काम गरिरहेका छन् । जुन निकै नै दुःखद कुरा हो ।'

भिडियोमा हेर्नुहोस् जब विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा.टेड्रोस महामारीको विषयमा बोल्दाबोल्दै भावुक भए :  

Last modified on 2020-07-13 10:21:57


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts