ब्राजिलमा कोरोना संक्रमितको संख्या २० लाख नाघ्यो, अमेरिकामा ७५ हजार नयाँ संक्रमित थपिए



Download our app to get more features

एजेन्सी, २ साउन ।कोरोना भाइरस महामारीका कारण विश्वकै दोस्रो प्रभावित मुलुक बनेको ब्राजिलमा कोरोनाका कारण संक्रमित हुनेको संख्या २० लाख नाघेको छ ।

अमेरिकापछि ल्याटिन अमेरिकन मुलुक ब्राजिलमा कोरोना संक्रमणको दर सबैभन्दा धेरै छ । समाचार संस्था अलजजिराले लेखे अनुसार ब्राजिलमा कोरोनाका कारण संक्रमित हुनेको संख्या २० लाख १४ हजार नाघेको छ । यस्तै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७६ हजार ८ सय नाघेको छ ।

पछिल्लो समय ल्याटिन अमेरिकी मुलुकहरु कोरोनाका कारण प्रभावित हुँदै गएका छन् । ल्याटिन अमेरिकी मुलुक मेक्सिको, पेरु लगायतका मुलुकमा कोरोना संक्रमणको दर बढ्दै गएको छ । यसैबीच ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोको दोस्रो रिपोर्ट पनि कोरोना पोजेटिभ आएको छ । 

अमेरिकामा कोरोना संक्रमितको नयाँ रेकर्ड, थपिए ७५ हजार संक्रमित
विश्वकै सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा प्रत्येक दिन कोरोना संक्रमणको दरले नयाँ रेकर्ड कायम गर्दैछ । पछिल्लो २४ घन्टामा मात्रै अमेरिकामा ७५ हजार नयाँ संक्रमित फेला परेका छन् । समाचार संस्था रोयटर्सका अनुसार पछिल्लो एक सातादेखि अमेरिकामा लगातार कोरोना संक्रमणको रेकर्ड बन्दै गएको छ । कोरोना भाइरसको संक्रमणको दरमा तीव्रता आएपछि अमेरिकाका विभिन्न राज्यमा लकडाउनमा कडाई गरिएको छ भने कतिपय राज्यमा दोहोर्याएर लकडाउन जारी गरिएको छ । 

अमेरिकाको क्यालिफोर्निया, नेवादा, वर्जिनिया, टेक्सास लगायतका राज्यमा दोहोर्याएर लकडाउन जारी गरिएको छ । यस्तै कतिपय राज्यमा मास्क लगाउन अनिवार्य पनि गरिएको छ । अमेरिकामा ७५ हजार नयाँ संक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या ३ लाख ६९ हजार नाघेको छ भने मृत्इु हुनेको संख्या एक लाख ४१ हजार नाघेको छ ।

Last modified on 2020-07-17 09:56:45


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts