अपडेट

स्पेनको क्याटलोनियामा कोरोना संक्रमणको दर बढ्यो, घरभित्रै बस्न आग्रह



Download our app to get more features

एजेन्सी, ४ साउन । चीनमा पहिलो पटक देखिएको कोरोना भाइरसले आफ्नो वंशाणुलाई परिवर्तन गर्दै गएको वैज्ञानिकहरुले बताएका छन् । विश्वभर अहिले देखिएको कोरोना भाइरस चीनको वुहानमा देखिएको कोरोना भाइरसभन्दा फर रहेको पाइएको छ । आधिकारिक रुपले Sars-CoV-2 को नामबाट परिचित बनेको यो भाइरस जसले विश्वभरका मानिसहरु संक्रमित हुँदै गएका त्यो पछिल्लो समय म्यूटेट हुँदै गएको वैज्ञानिकहरुको भनाइ छ । म्यूटेट हुनुको अर्थ भाइरसको आफ्नो जेनेटिक मटेरियलमा परिवर्तन हुँदै जानु हो । वैज्ञानिकहरुले यो भाइरसमा हजारौं म्यूटेशन देखिएको पनि उल्लेख गरेको बीबीसीले लेखेको छ । तर, एक मात्र म्यूटेशनका कारण भाइरसको व्यवहारमा परिवर्तनको संकेत प्राप्त भएको छ । वैज्ञानिकहरुले D614G नामक म्यूटेशन फेला पारेका छन् । जसले भाइरसको ‘स्पाइक’ मा हुन्छ र जसको मद्दतबाट भाइरस हाम्रो कोषहरुमा प्रवेश गर्छ । चीनको वुहान शहरमा फैलिएपछि यो अनुमान लगाइएको छ की भाइरसको यो म्यूटेशनलाई इटलीमा पाइएको थियो । त्यहि म्यूटेशन अब विश्वको ९७ प्रतिशत नमूनामा पनि पाउन थालिएको छ ।

भारतमा पछिल्लो २४ घन्टामा कोरोना भाइरसका कारण ३८ हजारभन्दा बढी कोरोना संक्रमित फेला परेका छन् । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा हालसम्मकै धेरै ३८ हजार ९ सय २ कोरोना संक्रमित फेला परेका हुन् । योसँगै भारतमा कोरोनाका कारण संक्रमित हुनेको संख्या १० लाख ७८ हजार नाघेको छ । यस्तै गत २४ घन्टामा ५ सय ४३ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २६ हजार ८ सय नाघेको छ । भारतमा पछिल्लो समय कोरोना संक्रमणको दर बढ्दै गएपछि विभिन्न राज्यहरुमा दोहोर्याएर लकडाउन जारी गरिएको छ ।

अमेरिकाको दक्षिणी राज्यहरुमा पछिल्लो समय कोरोना सङ्क्रमणको दर बढ्दै गएको छ । दक्षिणी राज्यहरु फ्लोरिडा, टेक्सास र ऐरिजोनामा कोरोना भाइरसका कारण संङ्क्रमितको संख्या बढ्दै गएको हो । तीमध्ये पनि फ्लोरिडामा कोरोना सङ्क्रमणको दर सबैभन्दा धेरै देखिएको बीबीसीले लेखेको छ । पछिल्लो २४ घन्टामा ९० जनाको मृत्यु भएको छ भने १० हजारभन्दा बढी मानिसहरु कोरोना सङ्क्रमित फेला परेका छन् । कोरोना संङ्क्रमण दर बढ्न थालेपछि ती राज्यहरुमा दोहो¥याएर लकडाउन जारी गर्नुको साटो मास्क लगाउन भने अनिवार्य गरिएको छ । अमेरिका विश्वकै सबैभन्दा बढी कोरोना प्रभावित मुलुक हो । कोरोना सङ्क्रमणको दर बढ्दै गएपछि मास्क लगाउने विषयमा बहस सुरु भएको छ । 

स्पेनको उत्तर–पूर्वी क्षेत्र क्याटलोनियामा कोरोना संक्रमणको दर फेरि उच्च भएको छ । पछिल्लो २४ घन्टामा क्याटलोनियामा एक हजार नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य विभागका अनुसार यो हप्तामा हालसम्मकै धेरै कोरोना संक्रमितको संख्या पछिल्लो २४ घन्टामा फेला परेका छन् । कोरोना संक्रमितको दर बढ्दै गएपछि बार्सिलोनामा चालिस लाख मानिसलाई १५ दिनसम्म घरमै बस्न आग्रह गरिएको छ । क्याटलोनिया यसअघि पनि स्पेनको सबैभन्दा बढी प्रभावित क्षेत्र मध्येको एक हो । 

बेलायतका लागि रुसी राजदूत आन्द्रेइ क्लेइनले रुसी गुप्तचर निकायले कोरोना भाइरसविरुद्धको खोपका सम्बन्धमा भइरहेको अनुसन्धान चोरी गर्ने प्रयास गरेको भन्ने आरोप अस्वीकार गर्नुभएको छ । बीबीसीका अनुसार राजदूत क्लेइनले ह्याकर प्रयोग गरेर खोप सम्बन्धी अनुसन्धानको जानकारी चोरी गर्न लागेको भन्ने आरोपमा कुनै सत्यता नरहेको बताउनुभयो । गएको बिहीबार रुसी गुप्तचरहरुले कोरोना भाइरसविरुद्धको खोप बनाउने प्रयासमा रहेका अमेरिकी, बेलायती तथा क्यानडिन संस्थाहरुलाई निशाना बनाइरहेको सुरक्षा निकायले चेतावनी दिएका थिए । 

Last modified on 2020-07-19 17:10:14


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts