अपडेट

भारतमा कोरोना संक्रमितको संख्या ११ लाख नाघ्यो

यस्तो छ विश्वका केही गतिविधि



Download our app to get more features

एजेन्सी, ५ साउन । भारतमा कोरोना संक्रमितको संख्या ११ लाख नाघेको छ । पछिल्लो २४ घन्टामा ४० हजार ४ सय २५ नयाँ कोरोना संक्रमित थपिएका छन् । योसँगै भारतमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ११ लाख १८ हजार ४२ पुगेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ६ सय ८१ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २७ हजार ४ सय ९७ पुगेको छ । भारतमा एकै दिन भेटिएको यो हालसम्म कै धेरै संख्या रहेको पनि मन्त्रालयले जनाएको छ ।
 
साऊदी अरबका शासक किंग सलमान बिन अब्दुलअजीज अस्पताल भर्ना भएका छन् । ८४ वर्षका किंग सलमानलाई राजधानी रियादको किंग फैसल स्पेशलिस्ट हस्पिटलमा भर्ना गरिएको हो । सऊदीको सरकारी न्यूजÞ एजेन्सी एसपीएका अनुसार उनलाई मेडिकल चेकअपका लागि गरिएको छ । सलमानको पित्ताशयमा समस्या भएको बताइएको छ ।

क्यूबाका स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घन्टामा एक जनापनि कोरोना संक्रमित फेला नपरेको बताएको छ । मन्त्रालयका अनुसार पछिल्लो ४ महिनापछि क्यूबामा कोरोनाका समुदायस्तरमा एक जनापनि संक्रमित फेला नपरेको यो पहिलो पटक हो । एक जनामा कोरोना संक्रमण देखिएपनि त्यो मानिस बारिहबाट आएको पनि क्यूबा सरकारले बताएको छ । क्यूबामा कोरोना संक्रमणलाई नियन्त्रणका लागि कडाईंका साथ रणनीति अपनाएको थियो । क्यूबामा कोरोनाका कारण हालसम्म ८७ जनाको मृत्यु भएको छ भने २ हजार ४ सय ४६ जना संक्रमित भएका छन् । 

बंगलादेशमा कोरोना भाइरसको परीक्षणमा भ्रष्टाचार भएको खुलेको छ । बंगलादेशको स्वास्थ्य प्राधिकरणका अनुसार देशमा जुन मानिसहरुको कोरोना भाइरसको परीक्षण गरिएको थियो त्यसमा परीक्षण गरिएको संख्या आधा भएको छ । ढाकामा एक अस्पतालका अनुसार परीक्षण गरिएको संख्या कम कसरी भयो भन्ने विषयमा १२ जनालाई पक्राउ गरिएको छ । पक्राउ परेकाहरुमाथि नागरिकलाई नक्कली कोरोना जाँचको सर्टिफिकेट वितरण गरिएको आरोप लगाइएको छ । जुन महिनाको अन्त्यसम्ममा हरेक दिन १८ हजारको संख्यामा परीक्षण गरिँदै आएकोमा हाल आएर त्यो संख्या १० हजारमा झरेको छ । विशेषज्ञहरुका अनुसार कोरोना परीक्षणमा समेत भ्रष्टाचार हुन थालेको र त्यसले समस्या झन् भयावह बन्न सक्ने बताएका छन् । बंगलादेशमा हालसम्म २ लाखभन्दा बढी मानिसहरु संक्रमित भएका छन् भने २६ सयभन्दा बढीको मृत्यु भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुने दर न्यून रहेको बताएका छन् । अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ४० हजार नाघिसकेको छ । तर, अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकामा कोरोना संक्रमितको संख्या कम रहेको बताएका छन् । अमेरिकी दक्षिणी राज्यहरुमा पछिल्लो समय कोरोना संत्रक्रमितको संख्या तीव्र गतिमा बढ्दै गएको छ ।

अमेरिकी विश्वविद्यालय जन हपकिन्सका अनुसार विश्वभर हालसम्म कोरोना संक्रमणका कराण ६ लाख ८ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने एक करोड ४६ लाख ४६ हजारभन्दा बढी संक्रमित भएका छन् ।

Last modified on 2020-07-20 11:52:53


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts