अपडेट

कोरोना भाइरस संक्रमणबारे पत्ता लगाउनमा कुकुर उपयोगी !

यस्तो छ विश्वका केही गतिविधि



Download our app to get more features

एजेन्सी, ९ साउन । भारतमा कोरोना संक्रमणको नयाँ रेकर्ड दिन प्रतिदिन बन्दै गएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ४९ हजार ३ सय १० जना नयाँ संक्रमित थपिएका छन् । योसँगै भारतमा कोरोना संक्रमितको संख्या १२ लाख ८७ हजार ९ सय ४५ पुगेको छ । यस्तै भारतमा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३० हजार ६ सय १ पुगेको छ । यसैबीच, भारत सरकारले कोरोना संक्रमित गम्भीर प्रकारका बिरामीलाई हाइड्रोक्सीक्लोरोक्वीन औषधि प्रयोगमा रोक लगाएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले सल्लाह जारी गर्दै कोरोनाका कारण सामान्य प्रकारका बिरामीका लागि मात्रै हाइड्रोक्सीक्लोरोक्वीनको प्रयोग गर्न र गम्भीर प्रकारका बिरामीलाई यो औषधि प्रयोग नगर्न भनेको छ । हाइड्रोक्सीक्लोरोक्विन वा एचसीक्यू मलेरियामा प्रयोग हुने औषधि हो जसलाई लिएर दावी गरिँदै आएको छ की कोरोनाका बिरामीलाई यसले राहत हुन्छ ।

इंगल्याण्डमा आजदेखि सार्वजनिक स्थानमा फेस मास्क लगाउने विषयमा नयाँ निर्देशिका जारी गरिएको छ । नयाँ निर्देशिका अनुसार यदि पसलमा जम्मा भएका ग्राहकरुले फेस मास्कको प्रयोग गरेका छैनन भने प्रहरीले उचित बल प्रयोग गर्न सक्ने अधिकारी दिइएको छ । नयाँ नियमका अनुसार पसल, पोस्ट अफिस, बैंक, सार्वजनिक यातायात, सपिंग मल लगायतका सार्वजनिक स्थानमा फेस मास्क प्रयोग गर्नुपर्ने हुन्छ । ११ वर्ष उमेरभन्दा कम उमेरका बालबालिका, पसलमा काम गर्ने मानिस र जसलाई मास्क नलगाउनुको उचित कारण भए उनलाई नियममा छुट दिइनेछ । निर्देशिकामा प्रहरीले मास्क नलगाउने व्यक्तिसँग एक सय पाउन्डको जरिवाना लिन सक्ने वा पक्राउ गर्न सक्ने उल्लेख छ ।

कोरोना भाइरस पत्ता लगाउनमा कुकुर उपयोगी हुने वैज्ञानिकहरुले दावी गरेका छन् ।  जर्मनीका अध्ययनकर्ताहरुले सुघ्ने क्षमता भएको स्नाइफÞर डग्सले कोरोना भाइरसलाई सुघेर पत्ता लगाउन सक्ने दावी गरेका हुन् । उनीहरुले कुकुरलाई तालिम दिएर कोरोनाभाइरस सुघेर पत्ता लगाउन सफल बनाएको बताएका छन् । जर्मनीको ह्यानोभर शहरमा स्थित यूनिभर्सिटी अफ भेटेरिनरी मेडिसिन र जर्मन सेनाको सहयोगबाट गरिएको अध्ययनमा एक हप्ताको तालिमपछि ८ वटा कुकुरहरुले ९४ प्रतिशत कोरोना संक्रमणको केसलाई सुघेर पत्ता लगाउनमा सफल भएको उल्लेख गरिएको छ । अध्ययनकर्ताका अनुसार एयरपोर्ट र खेल मैदान जस्तो सार्वजनिक स्थानमा कोरोना भाइरसको संक्रमणको पहिचान गर्न सकिने छ । बेलायत सहित अन्य मुलुकमा पनि स्नाइफर कुकुरको मद्दतले कोरोना संक्रमणको बारेमा पत्ता लगाउने काम सुरु भइसकेको छ ।

अमेरिकामा कोरोना संक्रमितको संख्या ४१ लाख नाघेको छ । अमेरिकी विश्व विद्यालय जन हपकिन्सका अनुसार अमेरिकामा हालसम्म कोरोना भाइरसका कारण ४१ लाख ६९ हजार ९ सय ९१ पुगेको छ । विश्वकै सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा हालसम्म कोरोना भाइरसका कारण १ लाख ४७ हजार ३ सय ३३ जनाको मृत्यु भएको छ । पछिल्लो समय अमेरिकाको दक्षिणी राज्यमा कोरोना संक्रमणको दर बढ्दै गएको छ । 

विश्वव्यापी महामारी बनेको कोरोना महामारीका कारण हालसम्म संक्रमित हुनेको संख्या १ करोड ५६ लाख ५६ हजार नाघिसकेको छ । यस्तै हालसम्म कोरोना भाइरसका कारण ६ लाख ३६ हजार ५ सयभन्दा बढीको मृत्यु भइसकेको छ । हालसम्म विश्वभर कोरोना भाइरसका कारण संक्रमित भएकामध्ये ९५ लाख ४४ हजार ७ सयभन्दा बढी स्वस्थ भइसकेका छन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts