भारतमा २४ घन्टामा थपिए ४८ हजारभन्दा बढी कोरोना संक्रमित



Download our app to get more features

एजेन्सी, १० साउन । भारतमा पछिल्लो २४ घन्टामा ४८ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । 

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार ४८ हजार ९ सय १६ जना नयाँ संक्रमित थपिएसँगै भारतमा कोरोना संक्रमितको संख्या १३ लाख ३७ हजार २२ पुगेको छ । 

यस्तै पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण भारतमा ७ सय ५७ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३१ हजार ४ सय ६ पुगेको छ ।

भारत विश्वकै तेस्रो कोरोना संक्रमणका कारण प्रभावित मुलुक हो । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts