अपडेट

उत्तर कोरियामा पहिलो पटक देखियो कोरोना संक्रमण

यस्तो छ विश्वका केही गतिविधि



Download our app to get more features

बीबीसी, ११ साउन । उत्तर कोरियामा पहिलो कोरोना संक्रमित फेला परेका छन् । उत्तर कोरियाली सरकारले अवैध रूपले दक्षिण कोरिया गएका र गत साता मात्रै स्वदेश फर्किएपछि उनमा कोरोना संक्रमण पुष्टि भएको बताएको छ । सरकारी सञ्चार माध्यमका अनुसार उत्तर कोरियाका शीर्ष नेता किम जोन उनले कोरोना संक्रमणको पहिलो केश फेला परेपछि आपतकालिन बैठकको आह्वान गरेका छन् । बैठकमा कोरोना संक्रमित फेला परेको सीमावर्ती शहर गेसंगमा लकडाउन घोषणा गरेका छन् । 

विश्वभर फैलिएको कोरोना भाइरसका कारण विश्वभर संक्रमणको दर बढ्दो क्रममा छ ।  आज बिहान १० बजेटसम्म विश्वभर कोरोना संक्रमितको संख्या एक करोड ६२ लाख २ हजार नाघिसकेको छ । यस्तै विश्वभर हालसम्म कोरोना संक्रमणका कारण ६ लाख ४८ हजार भन्दा बढीको मृत्यु भइसकेको छ भने विश्वभर ९९ लाख १३ हजारभन्दा बढी स्वस्थ भएका छन् । 

अमेरिकामा संक्रमणको दर निकै तीव्र गतिमा बढ्दै गएको छ । अमेरिकामा संक्रमितको संख्या ४२ लाख ५ हजार नाघिसकेको छ । विश्वकै सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा हालसम्म कोरोना संक्रमणका कारण १ लाख ४९ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।
 
कोरोना महामारीका कारण विश्वकै दोस्रो प्रभावित मुलुक ब्राजिलमा भने हालसम्म कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या २३ लाख ९६ हजार नाघिसकेको छ । यस्तै ८६ हजार ४ सयभन्दा बढीको मृत्यु भइसकेको छ । ब्राजिलका राष्ट्रपति जायर बोलसोनारो पनि कोरोना संक्रमित छन् र उनी सेल्फ आइसोलेशनमा छन् ।
 
बेलायतले स्पेनबाट आउने नागरिकलाई दुई हप्ता क्वारेन्टाइनमा बस्नुपर्ने नियम लागू गरेको छ । स्पेनमा पछिल्लो समय कोरोना भाइरस संक्रमणको दर फेरि बढ्न थालेपछि बेलायतले यो नियम लागू गरेको हो ।
यसैबीच बेलायतमा शनिवारदेखि इन्डोर जिम, स्विमिंग पूल र इन्डोर स्पोर्ट्स सेन्टर खोलिएको छ । मार्चपछि पहिलोपटक सर्वसाधारणका लागि यी स्थानलाई खुला गरिएको छ । 

स्पेनको क्याटालोनियामा नाइटलाइफको सबै सुविधा बन्द गरिएको छ । पछिल्लो केहि दिनदेखि क्याटालोनियामा लगातार कोरोना संक्रमणको दर बढ्दै जाँदा त्यहाँ लकडाउन पनि दोहोर्याएर जारी गरिएको छ । विज्ञहरुका अनुसार क्याटालोनियामा कोरोना महामारीको दोस्रो चरणको लहर सुरु भएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार अफ्रिकी मुलुकमा दश हजारभन्दा बढी स्वास्थ्यकर्मी कोरोना संक्रमित भएका छन् । दक्षिण अफ्रिकामा कोरोना संक्रमणको दर बढ्दै जाँदा त्यहाँको अवस्था भयावह बन्न सक्ने भन्दै संगठनले सचेत गराएको छ ।
 
एक अध्ययनका अनुसार मोटोपना र बढी तौल भएका व्यक्तिमा कोरोना संक्रमणको जोखिम उच्च हुने गरेको पाइएको छ । बेलायतले गरेको अध्ययनमा मोटोपना र अत्याधिक तौल भएका व्यक्तिमा कोरोना संक्रमणको जोखिम उच्च हुनेको गरेको उल्लेख छ । यस्ता व्यक्तिमा कोरोना संक्रमण भए गम्भीर बिरामी हुने र मृत्युको जोखिम उच्च हुने पनि अध्ययनमा उल्लेख गरिएको छ ।

Last modified on 2020-07-26 10:33:26


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts