अमेरिकाको मोडर्ना इन्कले बनाएको कोरोना विरुद्धको खोपको परीक्षण बाँदरमा सफल



Download our app to get more features

काठमाडौं, १४ साउन । पर्साको वीरगञ्जमा थप ३४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा २ सय ७४ जनाको स्वाब परीक्षण गरिएकोमा ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले बताए । सङ्क्रमितहरु २ देखि ६५ वर्ष उमेरका व्यक्तिहरु रहेको भन्दै उनले संक्रमितमध्ये वीरगञ्जका वडा नं. ९, ५, ४, ११ श्रीपुर, आदर्शनगर, बेल्वा, भिस्वा, सिर्सियाका २० जना रहेका छन् । त्यस्तै नेपाली सेनाका १ जना, नेपाल प्रहरीका ३ जना, कैदीबन्दी ६ जना, कारागारका कर्मचारी २ जना, स्वास्थ्यकर्मी १ जना र पैसा तिरेर पिसिआर परीक्षण गराएका १ जना व्यक्ति पनि रहेका छन् । पर्सा पछिल्लो समय कोरोना सङ्क्रमणको उच्च जोखिम क्षेत्र बनेको छ ।  

भारतमा कोरोना सङ्क्रमणको कारण मृत्यु हुनेको संख्या १५ लाख नाघेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा भारतमा ४८ हजार ५ सय १३ जना नयाँ सङ्क्रमित फेला परेका छन् । योसँगै भारतमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या १५ लाख ३५ हजार ३ सय ३५ पुगेको छ । यस्तै पछिल्लो २४ घन्टामा कोरोना सङ्क्रमणका कारण ६ सय ६८ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ३४ हजार १ सय ४९ पुगेको छ । यस्तै भारतमा हालसम्म कोरोना भाइरसका कारण सङ्क्रमित भएकामध्ये ९ लाख ८० हजारभन्दा बढी स्वस्थ भइसकेका छन् ।

अमेरिकाको बायोटेक कम्पनी मोडर्ना इन्कले कोरोना भाइरस विरुद्धको खोपको बाँदरमा गरेको परीक्षण सफल भएको छ । मोडर्नाले बनाएको खोपले बाँदरको फोक्सो र नाकको सङ्क्रमण हुनबाट जोगाएको बताएको छ । अस्ति सोमवार मोडर्नाले विश्वकै सबैभन्दा ठूलो खोपको परीक्षण सुरु गरेको छ । जसमा ३० हजार स्वयंसेवी सहभागि छन् । कम्पनीलाई अमेरिकी सरकारले एक विशेष कार्यक्रममार्फत् एक अर्ब डलरको सहयोग गरेको छ । अपरेशन वर्प स्पीड नाम दिइएको यस कार्यक्रमलाई विभिन्न क्षेत्रले सहयोग गर्दै आएको छ । 

यसैबीच विश्वकै सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा मे महिनापछि मंगलवार धेरै संख्यामा कोरोना सङ्क्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो । अमेरिकाको दक्षिणी राज्यमा समेत गरी एकैदिन १६ सय मानिसको कोरोना सङ्क्रमणको कारण मृत्यु भएको अमेरिकी सरकारले जनाएको छ । अमेरिकामा हालसम्म कोरोना भाइरसका कारण ४४ लाख ४९ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् भने एक लाख ५२ हजारभन्दा बढीको मृत्यु भएको छ ।

कोरोना महामारीकाबीच विश्वभरका मुस्लिम धर्माबलम्बीहरुको पवित्र धार्मिक यात्रा बुधवारबाट सुरु भएको छ । कोरोना महामारीका बीच मुस्लिम धर्माबलम्बीहरुको पवित्र हज यात्राका लागि साउदी सरकारले यात्रा दिएको हो । सउदी अरबमा महामारीलाई ध्यानमा राखेर अन्य मुलुकबाट आउने मुस्लिमहरुलाई रोक लगाइएको छ । दोस्रो मुलुकका नागरिक जो साउदीमा बसोबास गरिरहेका छन् उनीहरुलाई मात्रै यात्राका लागि अनुमति दिइएको छ । सामान्य अवस्थामा २० लाखभन्दा बढी मानिसहरु हज यात्रा गर्ने गर्थे भने यसपटक कोरोना महामारीले १० हजार मात्रै सहभागि हुन पाउने बताइएको छ । साउदी अरबमा हालसम्म कोरोना भाइरसका कारण २ लाख ७० हजारभन्दा बढी मानिसहरु संक्रमित भएका छन् भने ३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

विश्वव्यापी महामारीका कारण विश्वभर संक्रमित हुनेको संख्या एक करोड ६९ लाख १५ हजार नाघेको छ । अमेरिकी विश्वविद्यालय जनहपकिन्सका अनुसार हालसम्म कोरोना संक्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या ६ लाख ६३ हजार नाघेको छ । यस्तै हालसम्म संक्रमित भएकामध्ये १ करोड ४ लाख ७७ हजार नाघिसकेको छ । 

Last modified on 2020-07-29 15:05:07


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts